0
शुभकामना बचत तथा कृषि सहकारी संस्थाको आयोजनामा  प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयको प्राविधिक सहयोगमा १ दिने कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा संस्थाका पदाधिकारी संचालकहरु एवं अन्य शेयर सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहकारी ऐन, नियमको प्रयोग, बचत तथा क्रणको परिचालन, सहकारीको मुल्य मान्यता र सिद्धान्त, सहकारी सम्बन्धी शिक्षा, ऋण र विद्यमान समस्या लगायतका बारेमा छलफल गरिएको थियो । कार्यक्रमको सहजीकरण सहकारी प्रशिक्षण तथा डिभिजन प्रमुख बद्रीनाथ अधिकारी र प्रशिक्षक बालकष्ण सुवदीले गरेका थिए भने कार्यक्रमको सञ्चालन संस्थाका सचिव प्रेम शंकर बरुवाल ले गरेका थिए।















Post a Comment

 
Top