0
गोल्डेन न्यूज संवाददाता
सरकारी सवारी साधनको दुरुपयोग हँुदै आएको हामीले थाहा पाएकै कुरा हो । कास्कीमा रहेका विभिन्न सरकारी कार्यालयहरुले पनि यसरी सरकारी सवारी साधनको व्यापक दुरुपयोगहरु गर्दै आइरहेका छन । सरकारी बिदाका दिनमा पिकनिक जानेदेखि आफ्ना आफन्तहरुलाई घुमाउने काममा सरकारी सवारीहरु प्रयोग गरी सरकारी सवारीको दुरुपयोग दिनानु दिन बढ्दो छ । सरकारी सवारीको दुरुपयोग वढिरहेको बेला बुधवार पोखरा उपत्यका नगर बिकास समितिको सरकारी सवारीले बुधवार बिरामी ओसारदै गरेको अवस्थामा भेटिएको छ । बुधबार पोखरा उपत्यका नगर बिकास समितिको अध्यक्ष चढ्ने सवारीले पोखराको न्यूरोडमा रहेको पद्य नर्सिङ होमबाट बिरामीलाई लेखनाथ पु¥याएको हो । पोखरा उपत्यका नगरविकास समितीका अध्यक्ष प्रकाशमोहन खनालले प्रयोग गर्ने ग१झ २५६ नम्बरको बोलेरो जीपले बुधबार ११ बजेको समयमा पोखराको न्युरोडमा रहेको पद्य नर्सिङ होमबाट लेखनाथमा बिरामी ओसार्न प्रयोग गरिएको हो । नेपाली कांग्रेस कास्कीका समानुपातिक सांसद जीवन परियारको सासुआमालाई पु¥याउनका लागि उक्त सवारी प्रयोग गरिएको थियो । केही दिन अगाडि पद्य नर्सिङमा भर्ना भएकी सांसद परियारका सासुलाई लेखनाथको बेगनासताल स्थित घरमा पु¥याउनका लागि उक्त सवारीको प्रयोग गरिएको । सवारी संगै आएका चालकहरु दिलवहादुर गुरुङ र अग्नि खनाल भएतापनि बिरामी सहित उनका आफन्तहरु धेरै संख्यामा रहेकाले नअटेपछि एकजना डाइभर भने हिंडेरै अफिस पुग्न परेको यसअघि गोल्डेन न्यूज दैनिकले समाचार प्रकाशित गरेको थियो । यसअघि ड्राइभर संग कुरा नमिल्दा दुवैजना ड्राइभरले उक्त सवारी चलाउन नमान्दा करिब १५ दिन अध्यक्ष खनाल अफिसमानै खुम्चेर बस्न बाध्य भएका थिए ।  केही महिना अगाडि पोखरामा निर्माणाधिन अन्तर्राष्ट्रिय एयरपोर्टमा उक्त सवारीबाट खनालका आफन्तलाई सवारी सिकाउन लगेको र पोखराका पत्रकारहरुलाई खबर गरेको भएतापनि कोही मिडियाले सामाचार सम्प्रेषण नगरेको नाम नबताउने शर्तमा एक स्थानीयले वताए ।




Post a Comment

 
Top