0
गोल्डेन न्यूज संवाददाता
फिर्के–बुलौंदी सरसफाइ अभियान अझ सशक्त तरीकाले अगाडि बढ्ने सरोकारवालाहरुले बताएका छन् । फिर्के–बुलौदी सरसफाई अभियानलाई अझ प्रभावकारी बनाउने उद्देश्यले क्षेत्रीय प्रशासक शंकर प्रसाद कोइरालाको अध्यक्षतामा बिहीबार बसेकोे बैठकले पोखराको गौरवसंग जोडिएको अभियानलाई अझ प्रभावकारी तरिकाले अघि बढाउने निर्णय गरेको छ । बैठकमा क्षेत्रीय प्रशासक कोइरालाले अभियानका क्रममा केही कठिनाइ वा गुनासाहरु भएमा निर्धक्क भएर आफूसमक्ष राख्न आग्रह गरेका थिए। उनले स्थानीय निकायलाई फोहोर फाल्ने स्थान पत्ता लगाएर कार्बाही प्रक्रिया अघि बढाउन निर्देशन दिए । पोखरा उप–महानगरपालिकाका कार्यकारी प्रमुख भिमबहादुर कुँबरले अभियानलाई पोखरा उप–महानगरपालिकाको साथ रहेको बताए। उनले अभियानलाई प्रभावकारी तरिकाले अघि बढाउन पोखरा उप–महानगरपालिका जस्तो सुकै सहयोग गर्न तयार रहेको बताए । बैठकमा फिर्के–बुलौदी नागरिक सरोकार समितिका संयोजक रामबहादुर पौडेले सरोकारवाला समुदाय र नागरिक समाजको सक्रियतामा अभियान तेस्रो हप्तासम्म उल्लाशमय तरिकाले अघि बढेको जानकारी गराए । उनले सरकारी तथा गैह्सरकारी निकाय, नागरिक समाजका अगुवाका साथै स्थानियको सहयोगले अभियान  प्रभावकारी तरिकाले अघि बढेको बताए । बैठकमा सरोकारवालाहरुले सरसफाइ गरेका क्षेत्रमा र सरसफाइ अभियान अघि बढाउन लागिएको क्षेत्रमा नियमित रुपमा नगरपालिका को गाडी उपलब्ध गराएमा फोहोर फाल्ने प्रबृत्तिमा कमि ल्याउन सकिने सुझाव दिए।






Post a Comment

 
Top