0
गोल्डेन न्यूज संवाददाताटेलिभिजनमा विश्वबजारको आधा हिस्सा ओगट्न सफल एलजी उत्पादन शुरु भएको ५० वर्ष पुगेको छ । सन् १९६६ मा कोरियाबाट एलजी टिभि उत्पादन शुरु भएको थियो । ब्ल्याक इन ह्वाइटबाट आफ्नो उत्पादन शुरु गरेको एलजीले अहिले समय परिवेश र बजारको आवश्यकता अनुसार एलइडीका साथै यूएचडी टिभि समेत उत्पादन गरिसकेको छ । एलइडी अन्तर्गत नर्मल र स्मार्ट समेत एलजीका उत्पादन रहेका छन् । एलजीका टिभिहरु २० देखि ८४ इन्चसम्म उपलव्ध छ । नेपालको टिभि बजारको ३० प्रतिशत हिस्सा एलजीले ओगटेको डिपुटी सेल्स म्यानेजर सन्देश भुर्तेलले जानकारी दिए । एलजी टिभिको नेपालका लागि आधिकारिक विक्रेता चौधरी ग्र्रप अन्तर्गतको सिजी इलोक्ट्रोनिक्स हो । यसको मुलुकभर सेल्स विक्रेता तथा विक्री केन्द्र रहेका छन् । पोखराका लागि भने न्यू साउण्ड एण्ड भिजन महेन्द्रपुल र र होली भिजन न्यूरोड रहेको छ । ५० वर्षको अवसरमा एलजीले गेम टिभि भर्खरै बजारमा ल्याएको छ । यस अवसरमा पोखरामा ४ दिन गेम टिभिको बजार प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम गरिने भएको छ भने यो वर्षभरि मुलुकभर विविध कार्यक्रम हुनेछ । पोखरामा मंगलबादेखि शुरु भएको कार्यक्रम शनिबारसम्म चल्नेछ । कार्यक्रमका लागि एलजीका सेल्स डिपुटी म्यानेजर सन्देश भुर्तेल र ब्राण्ड मार्केटिङ एण्ड कम्युनिकेशन अफिसर प्रविन झा पोखरा आएका छन् । बजारमा भर्खरमात्र आएको गेम टिभिमा विजुलीको खपत, घाम, चट्याङ र ह्यामिडिटीबाट पनि सुरक्षित रहेको बताइन्छ । गेम टिभिमा स्टाविलाइजर र आइपिएस प्यानल पनि रहेको कम्पनीले जनाएको छ । ५० वर्षको अवसरमा एलजी टिभि खरिदमा १० प्रतिशतसम्म नगद छुट र आकर्षक उपहारहरु रहेको मार्केटिङ अफिसर झाले बताए । एलजीका करिब ३५ प्रकारका इलोक्ट्रोनिक सामानहरु उत्पादन भएको बताइन्छ । न्यू साउण्ड एण्ड भिजन तथा होली भिजनका संचालक मनोहर प्रसाद श्रेष्ठका अनुसार पोखरामा एलजीका टिभिहरु लोकप्रिय रहेका छन् । पोखरेलीहरुले एलजीको ब्राण्डलाई सर्वाधिक रुचाउने गरेको उनले बताए । यसैबीच साउण्ड एण्ड भिजन महेन्द्रपुलले मोवाइल स्टोर्स मंगलबारदेखि संचालनमा ल्याएको छ । मोवाइल स्टोर्समा सबै कम्पनीका मोवाइलहरु पाइनुका साथै मर्मत समेत हुनेछ । वर्तमान समय परिवेश अनुसार ग्राहकहलाई सबै प्रकारका मोवाइल एकैठाउँमा उपलव्ध गराउने उद्देश्यका साथ मोवाइल स्टोर्सं संचालन गरेको संचालक मनोहर प्रसाद श्रेष्ठले जानकारी दिए ।

Post a Comment

 
Top