0
मदरल्यान्ड उच्च मा.वि. मा प्रवेशिका परीक्षामा उच्च ग्रेड प्वाइन्टका साथ विशिष्ट नतिजा हाँसिल गर्न सफल सम्पूर्ण विद्यार्थीहरूलाई दीक्षित गरेको छ । भावी दिनमा प्रगतिको शिखर चढ्न उत्प्रेरित गर्ने उद्देश्यले शनिबार विद्यालयमा आयोजित एक कार्यक्रममा विद्यार्थीहरुलाई दीक्षित गरिएको हो । विद्यालयबाट २०७२ सालको प्रवेशिका परीक्षामा सम्मितिल कुल १५४ जना विद्यार्थीमध्ये उच्च ग्रड प्वाइन्ट ३.९ का साथ ६१ जना ए प्लस, ७३ जना ए, १९ जना बी प्लस र १ जना बी ग्रेड हाँसिल गर्न सफल भएका थिए । विद्यालयका संस्थापक निर्देशक त्रिभुवन शर्माले प्रवेशिका परीक्षाको सफलतापछि पहिले आफ्नो लक्ष्य निर्र्धारण गर्नुपर्ने अनि सोअनुरुप विषय र सङ्काय छान्नुपर्ने कुरामा जोड दिए। उनले आफूलाई सहज र उपलब्धिमूलक लागेको उच्च माविमा अध्ययन गर्दा आशातित नतिजा हाँसिल गर्न सकिने स्पष्ट पारेका थिए ।  दीक्षित विद्यार्थीलाई हार्दिक बधाई ज्ञापन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा संस्थापक नारायण बरालले दिँदै उच्च माध्यमिक शिक्षा अन्तर्गत मदरल्यान्ड उच्च माविले विगत लामो समयदेखि व्यवस्थापन र विज्ञान सङ्काय सञ्चालन गरी कक्षा ११ र १२ को परीक्षामा प्रत्यक वर्ष उत्कृष्ट नतिजा हात पारेको जानकारी दिए । विद्यालयका निर्देशक त्रिभुवन शर्मा, प्राचार्य प्रेमनारायण पोख्रेल, छात्रावास प्रमुख विष्णुप्रसाद बराललगायतकाले क्रमशः मेडल, कदरपत्र, अविर र खादा ओढाई सम्मान गरेका थिए । कार्यक्रममा प्रावि इन्चार्ज केशु शर्माले सन्देशमूलक गीत प्रस्तुत गरेका थिए । विद्यालयका प्राचार्य प्रेमनारायण पोख्रेलले सम्पूर्ण विद्यार्थीहरूलाई आजसम्म गुरु गुरुआमाबाट प्राप्त दीक्षालाई सफल जीवन निर्माणमा खर्च गरी आत्मविश्वासका साथ लक्ष्य निर्धारण गर्दै अगाडि बढ्न आग्रह गरे । कार्यक्रममा विद्यालयका मावि इन्चार्ज टेकनाथ पौडेल र विद्यालयका प्रशासक डिल्लीराम भट्टराई, विद्यार्थीहरु आशिष लामिछाने र कृतिका कँडेलले पनि बोलेका थिए ।


Post a Comment

 
Top