0
गोल्डेन न्यूज संवाददाता
बराल गृहलक्ष्मी एकता समाज मूलथोक ६ वैदामको आयोजनामा संचालित १० दिने उद्घोषण  नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिम सोमबार सम्पन्न भएको छ ।  तालिममा समाजसेवी सुरेन्द्र वरालले प्रमुख अतिथिको रुपमा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै बोल्ने कला जुनसुकै क्षेत्रमा पनि उपयोगी हुने हुँदा सो को राम्रो तयारीमा लाग्न आग्रह गरे । उनले पछिल्लो समय उद्घोषण तथा नेतृत्व विकासले महिलाहरुको व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेलेको बताए । ड्यामसाइड टोल विकास संस्थाकि अध्यक्ष शिवजी वरालले तालिमले कार्यक्रम संचालन देखि नेतृत्व तथा व्यत्तित्व विकासका विभिन्न पक्षको बारेमा जान्ने अवसर मिलेको बताइन् । तालिममा पत्रकार रामजी प्रसाद लम्साल, संचारिका समूह पश्चिमाञ्चलका अध्यक्ष जमुना वर्षा शर्माले उद्घोषण, भाषण कला, बैठक संचाल, र नेतृत्व विकासको विषयमा सहजिकरण गरेका थिए । २५ जना महिला सहभागि सो तालिममा प्रशिक्षार्थीहरु निर्मला बराल, राधिका बराल, दिप्ति बराल र प्रेरणा कार्की लगायतले तालिमबाट आफुहरुले औपचारिक कार्यक्रम संचालन विधि प्रक्रिया र नेतृत्व विकासको बारेमा जान्न सफल भएको बताए । संस्थाका अध्यक्ष लक्ष्मी बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संयोजक संगीता बरालले स्वागत मन्तब्य र संचालन सचिव गंगा बराल गरेका थिईन् ।




Post a Comment

 
Top