0
गोल्डेन न्यूज संवाददाता
प्राविधिक शिक्षालय स्थापनका लागी कास्कीको लाहाचोकमा मंसिरको पहिलो सातादेखि महायज्ञ सञ्चालन हुने भएको छ । स्थानीय जनजागरण प्राविको आयोजनामा मंसिर ७ गते देखि १४ गते सम्म श्रीमद्भागवत तथा ज्ञान महायज्ञको आयोजना गर्न लागिएको विद्यालयका प्रधानाध्यापक रेवता सुनारले जानकारी दिए । अधिकांश दलित समुदायको बस्ती रहेको उक्त क्षेत्रमा धार्मिक कार्यमार्फत शैक्षिक विकास गर्न लागिएको हो । महायज्ञमा पण्डित दिनबन्धु पोखरल र युवा कथावाचक महाराज ध्रुवशरण बस्यालले कथा बाचन गर्ने सूनारले बताए । महायज्ञलाई धार्मिक तथा शैक्षिक मेलाको रुपमा विकास गरिने लक्ष्य राखिएको छ ।  कथा वाचक बस्यालको टोलीले १ सय १ प्राविधिक शिक्षालय तथा १ प्रदेश १ प्राविधिक विश्वविद्यालयको अवधारणा समेत ल्याएको छ । महायज्ञ सञ्चालनार्थ मूल आयोजक समितिसहित विभिन्न उपसमिति गठनको तयारी समेत गरिएको छ । लाहाचोक संगै छिमेकी गाविसका विद्यार्थीलाई प्राविधिक शिक्षा उपलव्ध गराउन विद्यालयको पहलमा महायज्ञ गर्न लागिएको हो । महायज्ञबाट संकलित रकम प्राविधिक शिक्षालय स्थापनका लागी खर्च गरिने र नपुग रकमका लागी सहयोगदातालाई आग्रह गरिने प्रधानाध्यापक सुनारले बताए ।

Post a Comment

 
Top