0
गोल्डेन न्यूज संवाददाता
युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल) र एबी केयर एण्ड रिहाबिलिटेसन हस्पिटल पोखरा–२, विन्ध्यवासिनीको संयुक्त आयोजनामा शनिबार मृगौला तथा मधुमेह सम्बन्धी निःशुल्क रक्त तथा पिसाब परीक्षण कार्यक्रम भएको छ। शिविरमा पाँच सय दुई जनाको परीक्षण गरिएको थियो। शिविरसँगै आयोजित सचेतना कार्यक्रममा बोल्दै मृगौला रोग विशेषज्ञ डा अभिषेक मास्केले मधुमेह र मृगौला रोगका कारण, निदान र उपचार प्रद्धतिबारे प्रकाश पारेका थिए। उनले जथाभावी औषधि सेवनले धेरै बेफाइदा गर्ने भएकाले रोग पत्ता नलागी औषधि नखान आग्रह गरे। युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले आफूहरूको लक्ष्य विशेष प्रकारका उपचारमा सहयोग र सामाजिक उत्तरदायित्व भएको बताए। उनले यो वर्षभरि मृगौलासम्बन्धी निःशुल्क रक्त परीक्षण शिविर हुने जानकारी दिँदै सेवबाट लाभ लिन पनि आग्रह गरे। कार्यक्रमका शिविरका सह–आयोजकहरू अनन्त सामुदायिक सेवा समितिका सुशिला रेग्मी, अर्चलबोट आमा समूहका अध्यक्ष सोमकला पराजुली, महिला उपकार समूहका अध्यक्ष कल्पना राणा, महिमा मैत्री आमा समूहका अध्यक्ष शोभा राउत र कामना जागरण महिला समूहका सावित्री पौडेलले बोलेका थिए। एबी केयर एण्ड रिहाबिलिटेसन हस्पिटलका अध्यक्ष अनीलबाबु पराजुलीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी ऋषि खतिवडाले गरेका थिए। शिविरमा अन्य सबै प्रकारका रक्त परीक्षणमा समेत ५० प्रतिशत छुट दिइएको थियो। पोखरा वडा नं १, २ र २६ का वासिन्दालाई लक्षित गरी शिविर आयोजना गरिएको हो।









Post a Comment

 
Top