0
गोल्डेन न्यूज संवाददाता
पोखरामा छुटाछुटै ठाउँमा भएका दुई दुर्घटनामा परि १८ जना घाईते भएका छन् भने पाँचको अवस्था गम्भिर रहेको छ । पोखरा २३ निर्मलपोखरीबाट पोखरा आउदै गरेको बस दुर्घटना हुदा १४ जना घाइते भएका छन् । ग१ख ३४२६ नम्बरको बस दोविल्ला नजिकैको दुर्घटना हुदा १४ जना घाईते भएका हुन् । घाइतेहरुको पोखराको मणिपाल अस्पतालमा उपचार भई रहेको छ । घाइते मध्ये चार जनाको स्थित गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । बस सडकबाट करिब ७ फिट तल खसेको थियो । तीव्र गतिका कारण बस दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । त्यसैगरि पोखराको याम्दीमा ट्रक दुर्घटना हुँदा चार जना घाइते भएका छन् । पोखराबाट हेम्जा जादै गरेको ग१ख ३६८१ नम्बरको ट्रक दुर्घटना हुँदा चार जना घाइते भएका हुन् । उनीहरुको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भई रहेको छ । घाइते हुनेमा धादिङ्ग घर भई पोखरा १ सिम्पानी बस्ने २१ वर्षीय कृष्ण गिरी, निरमाया तामाङ्ग, मनमाया तामाङ्ग, निरमाया गुरुङ रहेका छन् । मनमायाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । विहान ३ बजे तिर भएको दुर्घटनाको आधा घण्टा पछि मात्रै दुर्घटना भएको थाहा भएको थियो । सडकबाट करिब १० मिटर तल ट्रक खसेको थियो । घाईते युवती नै माथि सडकमा आएर सवारी रोके पछि मात्र दुर्घटना भएको थाहा भएको थियो ।

Post a Comment

 
Top