0
गोल्डेन न्यूज संवाददाता
कास्की जिल्ला विद्यालय ह्याण्डबल संघको आयोजनामा असार ६ देखि ९ गते सम्म दोश्रो एकता अन्तर विद्यालय छात्रा÷छात्र ह्याण्डबल प्रतियोगित हुने भएको छ । अन्तर्राष्ट्रिय ओलोम्पिक दिवस तथा अन्तर्राष्ट्रिय ह्याण्डबल दिवसका अवसरमा प्रतियोगितामा ४० टिमको सहभागिता रहने छ । पोखरामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक अशोक शाहीले सो बारे जानकारी गराउँदै प्रतियोगितामा छात्रा तर्फ २० र छात्र तर्फ २० टिमको सहभागिता रहने वताए । उक्त प्रतियोगिताको प्रायोजन एकता पव्लिकेशन हाउस काठमाडौले गर्ने भएको छ । नेपाल ह्याण्डबल संघको तत्वाधानमा आयोजना हुने प्रतियोगिताको नेपाल आलोम्पिक कमिटीको समेत सहयोग रहने भएको संघका सचिव खिम गुरुङ्गले जानकारी गराए । प्रतियोगिता सम्पन्न गर्न करिव २ लाख ७० हजार खर्च लाग्ने र सम्पू्र्ण खेलहरु सशस्त्र प्रहरी बलको श्री कालिका गणको खेलमैदान मालेपाटनहुने भएका छन । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय टिम हुने टिमले क्रमश नगद  १० हजार,  ५ हजार  र रु. ३ तिन हजार प्राप्त गर्ने भएका छन भने विजयी टिमले ट्रफी, पदक र प्रमाण–पत्र प्रदान गरिने भएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्तालाई क्रमश नगद एक–एक हजारका साथमा ट्रफी र प्रमाण–पत्र प्रदान गरिनुका साथै अनुशासित टिमलाई ट्रफी र प्रमाण–पत्र समेत प्रदान गरिने भएको छ । पत्रकार सम्मेलनमा नेपाल आलोम्पिक कमिटीका सदस्य एवम नेपाल ह्याण्डबल संघका अध्यक्ष तेज गुरुङ्ग, एकता पव्लिकेशनका सञ्जय अधिकारी र कास्की जिल्ला विद्यालय ह्यमण्डबल संघका अध्यक्ष श्रीकृष्ण अधिकारीले प्रतियोगिताका विविध पक्ष बारे जानकारी गराएका थिए ।




Post a Comment

 
Top