0
गोल्डेन न्यूज संवाददाता
अपराध नियन्त्रण तथा अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञान राज शर्माले साइबर क्राइम अहिलेको अपराधिक घटनामा चुनौती दिइएको वताएका छन । पछिल्लो समय साइबर क्राइम प्रहरीको लागी मुख्य चुनौती रहेको शर्माको भनाइ रहेको थियो । सोमबार पोखरामा आयोजना गरिएको अपराध नियन्त्रण तथा अनुसन्धानमा नागरिक र प्रहरीको समन्वयात्मक भूमिका सम्बन्धी अन्तरक्रिया कार्यक्रममा वोल्दै प्रहरी अतिरिक्त महानिरीक्षक शर्माले अहिलेको युवा पुस्ता आधुनिक जमाना संगै मोवाइल र इन्टरनेटको प्रयोगबाट अपराधिक घटनातर्फ अगाडि वढिरहको भन्दै अभिभावक ले आफ्ना छोराछोरीलाई मोवाइल तथा इन्टरनेटको प्रयोगमा रोक लगाउन आवश्यक रहेको वताए । शर्माले छोराछोरीले इन्टरनेटको प्रयोग गर्दा अभिभावकले ध्यान नपु¥याउँदा जघन्य प्रकारकोे अपराधहरु वढ्दै गइरहेकाले अभिभावकहरु सचेत हुन जरुरी रहेको प्रति जोड दिए । त्यस्तै शर्माले जथाभावी रुपमा मदिरा बेचबिखनलाई रोक्नका लागी समाजबाटै अग्रसरता हुनुपर्नेमा जोड दिदै समाजबाट त्यसको पहल गरे प्रहरीले समेत त्यसलाई साथ दिने बताए । मदिरा सेवनबाट पनि समाजमा विभिन्न प्रकारका जघन्य अपराधहरु भइरहेकोले त्यसलाई रोकथामका लागि मदिरालाइ बन्द गर्नुपर्ने बताए । लागूऔषध ओसार–पोसार तथा दुब्र्यसनी रोक थामका लागि प्रहरीमात्र नभइ सम्पूर्ण लागि परेको खण्डमा यसको निराकरण हुनेमा शर्माको जोड रहेको थियो ।
कार्यक्रममा पोखरामा रहेका बिभिन्न सामाजिक संघ सस्था, पर्यटन ब्यवसायी तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा वोल्ने अधिकांश बक्ताहरुले अपराधको शुरुवात नै लागूऔषधका कारण हुने वताउँदै त्यसको रोकथामका लागि प्रहरीले पहलकदमी चाल्नुपर्नेमा जोड दिएका थिए ।




Post a Comment

 
Top