0
गोल्डेन न्यूज संवाददाता
कच्ची बाटोका कारण पोखरा रंगशालाको मूल गेटबाट भित्र छिर्ने बित्तिकै धुलाम्मे हुनुपर्ने अबस्थाको अव अन्त्य हुने भएको छ । खेलाडीदेखि विभिन्न प्रयोजनको लागि रंगशाला पुग्ने सर्वसाधारण धुलोले आजित हुदैं आएकोमा अव सो बाटो कालोपत्रे गरिने भएको छ । धुलो न्युनिकरण गर्न कास्की जिल्ला खेलकुद विकास समितिले रंगशालाभित्रको सडकलाई कालोपत्रे गर्न लागेको हो । सो कार्यको बुधवार आयोजित कार्यक्रमका बीच पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीले शिलान्यास गरे । पोखरा उपमहानगरपालिकाको आर्थिक सहयोगमा एकसय १० मिटर लामो सडकलाई कालोपत्रे पिच गर्न लागिएको हो । मुख्य प्रवेशद्वारदेखि भूतपुर्व खेलाडी मन्च नेपालले बनाएको स्मारकसम्म सडकलाई कालोपत्रे गरिने कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङले जानकारी दिए । ‘पोखरा उप–महानगरपालिकाको आठ लाख सहयोगमा सडक कालोपत्रे गरिने छ’ समितिका अध्यक्ष गुरुङले भने–‘जिल्ला खेलकुद विकास समितिले दुईलाख रुपियाँ जुटाउने छ । पहिलो चरणमा एकसय १० मिटरको सडकलाई कालोपत्रे गरिएपछि दोस्रो चरणमा स्मारकदेखि विशिष्ट प्यारापिटहुदैं क्रिकेट मैदानको गेटसम्म पीच गर्ने योजना कास्की जिल्ला खेलकुद विकास समितिले बताएको छ । दोस्रो चरणको कालोपत्रे गर्ने योजनालाई मनकामना दर्शन प्रालिले प्रतिबद्धता गरेको उनले बताए । रंगशालाभित्रको सडकलाई कालोपत्रे गरिएपछि धुलो उड्ने समस्या केही हदसम्म समाधान हुनेछ । पोखरा रंगशालामा पछिल्लो समय भौतिक पुर्वाधार थपिदैं गएको छ । बहुउद्देश्यीय कर्भड हल, भलिबल प्रशिक्षण केन्द्र निर्माणाधिन छन् । व्याडमिन्टन कर्भड हल निर्माण गरिदैं छ भने प्यारापिटको स्तरोन्नती लगायतका कामको लागि पनि बजेट छुट्याइएको छ ।




























Post a Comment

 
Top