0
गोल्डेन न्यूज संवाददाता
चिल्डे«न नेपालले विद्यालय पुनःनिर्माणमा सहयोग गरेको छ । संस्थाले गोरखा, मकवानपुर, तनहुँ, कास्की र पर्वत जिल्लाका भुकम्प र बाढीले क्षतिग्रस्त ६ वटा सामुदायिक विद्यालय र एउटा सामुदायिक स्रोत केन्द्रलाई सहयोग गरेको हो । भ्ष्ल ज्भचश ायच प्ष्लमभच जर्मनीको सहयोगमा प्राप्त ९ लाख भन्दा बढिका पुनर्निर्माण सामग्री तथा शैक्षिक सामाग्री सहयोग गरीएको चिल्डे«न–नेपालले  जनाएको छ । ती सामाग्री प्राप्त गर्ने विद्यालयहरुमा तनहुँको उमादेवी प्रा.वि., पर्वतको पूर्णेश्वर उ.मा.वि. र सिद्धेश्वर प्रा.वि. तथा कास्कीको फूलवारी सामुदायिक स्रोत केन्द रहेका छन् । त्यस्तै गोरखाको स्यार्तन नि.मा.वि. र मकवानपुरको लेकाली बसीफाँट मा.वि.ले कम्प्युटर तथा शैक्षिक सामाग्री प्राप्त गर्दा गोरखा जिल्लाकै जलकुमारी नि.मा.वि. का अपाङ्ग बालबालिकाको निम्ति आवासको  लागि लत्ता कपडा  र फर्निचर जस्ता अत्यावश्यकीय सामाग्रीहरू प्राप्त गरेका छन् । सहयोग सामाग्री प्राप्त भएपछि  जलकुमारी नि.मा.वि. गोरखाका प्रध्यानाध्यापक टेकबहादुर दाहालले खुशी व्यक्त गर्दै अपाङ्गता भएका बालबालिकाले सजिलो सँग बस्न पढ्न र सुत्न पाउने बताए । त्यस्तै उमादेवी प्रा.वि.तनहुँका व्यवस्थापन समिति अध्यक्ष जुनबहादुर वि.क. ले सहयोगबाट विद्यालयको काचुली फेरिने हुँदा विपन्न बालबालिकाले सुरक्षित रूपले पढ्न पाउने स्पष्ट पारे । गत बैशाख महिनामा पनि उक्त संस्थाले गोरखा जिल्लाको पालुङटार क्षेत्रका ५ वटा सामुदायिक विद्यालयलाई ४ लाख भन्दा बढिको हुलास जस्ता पाता उपलब्ध गराएको थियो । त्यस्तै २०७२ माघमा गोरखा जिल्लाकै खरिवोट गा.वि.स. का ५ वटा सामुदायिक विद्यालयलाई ४ लाख भन्दा बढीका हुलासका जस्ता पाता उपलब्ध गराएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष रामबहादुर थापा, कोषाध्यक्ष शान्त पौडेल, सचिव विजय कुमार कार्की, संस्थापक उपाध्यक्ष भीमलाल गुरुङ, संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देशक रामचन्द्र पौडेल लगायत पदाधिकारीहरूको सहभागिता रहेको थियो ।





Post a Comment

 
Top