0
गोल्डेन न्यूज संवाददाता
सामाजिक जागरणका लागि आध्यात्मिक सशक्तिकरण विषयक तीन दिने प्रशिक्षण कोलपाटन बहुउद्देश्यीय सामुदायिक भवन रामबजार पोखरामा वडा नं. १५ महिला समन्वय समितिका अध्यक्ष पार्वती कार्कीको सभापतित्वमा समापन भयो । समाजमा जनचेतनाको भावना विकास गराउने उद्देश्यले टोल समन्वय समिति पोखरा उप–महानगरपालिका वडा न. १५ द्वारा आयोजित प्रशिक्षणमा विचार शक्ति, सकारात्मक चिन्तन, तनाव, खुशीको विषयमा प्रशिक्षण दिइएको थियो । प्रशिक्षण दिंदै ब्रह्माकुमारी राजयोग केन्द्र दमौलीका प्रशिक्षक ब्रह्माकुमार राजु खड्काले सफल जीवनका लागि सदैव आफूलाई आध्यात्मिक एवं सकारात्मक चिन्तनको माध्यमबाट सशक्त गर्नुपर्ने आजको आवश्यकता भएको स्पष्ट पारे । प्रशिक्षणको अनुभव व्यक्त गर्दै पुष्पराज बाँस्तोला, सानीपाटन आम समूहकी अध्यक्ष डिलमाया थापा, लक्ष्मीनारायण मन्दिरका संरक्षक हेडम्बराज पराजुली लागायतकाले समाजमा भएका विकृति र विसंगतिहरुलाई यस्ता प्रकारका चेतनामूलक कार्यक्रमले मनमा रहेको नकारात्मक भावनाहरुलाई हटाउन सहयोग पुग्ने बताएका थिए । कार्यक्रममा पोखरा वडा न १५ का सचिव सोमनाथ लम्साल, ब्रह्माकुमारी राजयोग केन्द्र रामबाजर पोखराकी संचालिका ब्रह्माकुमारी गोमा लगायतले आ–आफ्ना भनाइ राखेका थिए भने कार्यक्रमको संचालन ब्रह्माकुमार शंकर देवकोटाले गरेका थिए । प्रशिक्षण महिला,पुरुष गरी २७५ जनाको सहभागिता रहेको थियो ।












Post a Comment

 
Top