0
गोल्डेन न्यूज संवाददाता
वडा प्रहरी कार्यालय बैदामले ठूलो परिमाणमा घरेलु मदिरा नियन्त्रणमा लिएको छ । पोखरा ५ मालेपाटन क्षेत्रमा व्यवसायिक रुपमै मदिरा उत्पादन गर्ने दुई महिला र उनीहरुका साथमा रहेका मदिरालाई नियन्त्रणमा लिईएको कार्यालयले जानकारी दिएको छ । प्रहरीले बुधबार छापा मार्दा करीब २६ सय ५० लिटर मदिरा फेला पारेको हो । ‘सात वर्ष अघिदेखि अवैध रुपमा घरेलु मदिरा उत्पादन गर्ने गरेको सुचना पाएपछि हामीले छापा मार्दा ठुलो परिमाणमा मदिरा भेट्यौँ’, कार्यालयका प्रमुख प्रहरी निरीक्षक मोहनमणि अधिकारीले भने–‘मदिरा उत्पादनका सामाग्री तथा कच्चा सामाग्रीहरुलाई पनि हामीले नियन्त्रणमा लिएका छौं ।’ लामो समयदेखि ठूलो मात्रामा घरेलु मदिरा उत्पादन गरी पोखराका विभिन्न क्षेत्रमा विक्री वितरण गरेको भन्ने सुचनाको आधारमा प्रहरीले छापा मारेको उनले बताए । पक्राउ पर्नेमा रोल्पा घर भई यहाँ डेरा गरी बस्ने ५० वर्षीया फर्की मगर र खोटाङ घर भएकी ४५ वर्षीया सीता राई रहेका छन् । मगरको डेराबाट ५० लिटरको ड्रम १७ वटा, २५ लिटरको र २ सय लिटरको ड्रम एक एक वटा, गरी १४ सय ५ लिटर अवैध मदिरा र उत्पादन गर्ने भाडा बरामद गरिएको छ । यसैगरी, राईको डेराबाट १२ सय ४० लिटर मदिरा र बनाउने भाडा नियन्त्रणमा लिईएको छ । उनीहरुलाई केहि सार्वजनिक अपराध अन्तर्गत मुद्धा दर्ता गरिएको प्रमुख अधिकारीले बताए । प्रमुख अधिकारी चैत २८ गतेदेखि मात्रै बैदाम कार्यालयका प्रमुखका रुपमा आएका हुन् । तीन साताको अवधिमा पाँच फरार अभियुक्तहरु पक्राउ परेका छन् । चार जना ज्यान मार्ने उद्योग र एक जना सार्वजनिक अपराधमा संलग्न अभियुक्त हुन्। उनले आफ्नो जिम्मेवारी क्षेत्रमा शान्ति सुरक्षाका सवालमा कुनै कमजोरी हुन नदिने प्रतिबद्धता व्यक्त गरे । लेकसाईड क्षेत्र महत्वपूर्ण क्षेत्र भएकाले आफु गम्भीर रहेको बताउँदै उनले अवैध गतिविधि भएमा तुरुन्त प्रहरीलाई जानकारी गराउन आग्रह समेत गरेका छन् ।




















Post a Comment

 
Top