0
गोल्डेन न्यूज संवाददाता
पोखरा–१० बुद्धचोकस्थित सोसल पव्लिक स्कुलमा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुका लािग एक दिने निःशुल्क दन्त परीक्षण शिविर तथा मुख–स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरियो । विद्यालयमा हालै गठित नेपाल जुनियर रेडक्रस सर्कलको आयोजनामा भएको उक्त कार्यक्रम पश्चिमाञ्चल डेन्टल होम प्रा.लि. नयाँबजारको सहयोगमा सम्पन्न भएको हो । उक्त डेन्टल होमका तर्पmबाट डाक्टर कमल प्रसाद चापागाईको नेतृत्वको पाँच सदस्यीय टोलीले कक्षा १ देखि १० सम्मका करीब ७०० जना विद्यार्थीहरुको मुख तथा दाँत जान्च गर्नुका साथै ९ र १० कक्षाका विद्यार्थीहरुलाई ओरल हेल्थ सम्बन्धी जानकारीमूलक प्रस्तुतिहरु मार्फत् सचेतना कार्यक्रम पनि सम्पन्न गरेका थिए । शिविरलाई औपचारिक रुपमा समापन गर्नको लागि आयोजित कार्यक्रममा बोल्दै डा. कलमप्रसाद चापागाईले उचित ज्ञानको अभावका कारण कतिपय मानिसहरुले दाँतसम्बन्धी समस्याबाट धेरै दुख र कष्ट बेहोर्नुपरेको सन्दर्भ कोट्याउँदै माध्यमिक तहका विद्यार्थीहरुले स्वास्थ्य सम्बन्धी धेरै कुराहरु आफूले बुझेर अरुलाई पनि बुझाउन सक्ने भएकाले समाजमा चेतना फैलाउन सचेतना कार्यक्रम विशेषत उनीहरुका लागि लक्षित गरिएको बताए । विद्यालका प्रिन्सिपल खिमबहादुर गुरुङले कतिपय अज्ञानताका कारण र कुनै बेला हेलचेक््रयाईका कारण मानिसहरुले मुख तथा दाँतसम्बन्धी समस्या झेल्नु परेको बताउदै सो परीक्षण शिविर र सचेतना कार्यक्रमबाट विद्यार्थीहरुले आफुले सिकेका कुराहरु परिवार र छर–छिमेकका अन्य सदस्यहरुलाई पनि बताई चेतना फैलाउने कार्यमा लाग्न सल्लाह दिए । कार्यक्रममा पश्चिमाञ्चल डेन्टल होम र डाक्टरहरुको टोलीलाई विद्यालयको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो ।






















Post a Comment

 
Top