0
गोल्डेन न्यूज संवाददाता
नेकपा एमाले वडा कमिटी पोखरा–९ को दशांै वडा अधिवेशन शुक्रबार सम्पन्न भयो । अधिवेशनले प्रकाश शर्मालाई अध्यक्षमा चयन गरेको छ । कार्यक्रमको उद्घाटन गर्दै नेकपा एमाले केन्द्रीय पार्टी स्कूल विभाग सदस्य भिम कार्कीले नेकपा एमाले सुखी नेपाली, संमृद्ध नेपाल निर्माणमा जुटेको वताए। कार्यक्रममा नेकपा एमाले कास्की उप–सचिव प्रभा कोईरालाले स्थानीय निर्वाचनमा नेकपा एमालेलाई विजय गराउन सकारत्मक हिसावले लाग्नु पर्ने बताइन। कार्यक्रममा नेकपा एमाले केन्द्रिय पार्टी स्कूल विभाग सदस्यमा भिम कार्की चयन भएकोमा नेकपा एमाले वडा कमिटी अध्यक्ष प्रकाश शर्माले माला लगाई वधाई ज्ञापन गरेका थिए। 
कार्यक्रममा नेकपा एमाले कास्की सचिवालय सदस्य एवं पोखरा नगर समन्वय कमिटी संयोजक तेजनारायण अधिकारी, कास्की सचिवालय सदस्य प्रेम विक, जिल्ला कमिटी सदस्य एवं पोखरा नगर समन्वय कमिटी सह–संयोजक भेषराज बराल, क्षेत्र नंं ३ का अध्यक्ष धनवहादुर नेपाली, सचिव ऋषि गौतम, क्षेत्रीय सदस्य गोकर्ण अधिकारी, समर परियार, पोखरा नगर विशेष ईलाका कमिटी अध्यक्ष झपिन्द्रराज रेग्मी, पोखरा नगर कमिटी सदस्य श्यामलाल श्रेष्ठ, अनेरास्ववियू भूगोल कमिटी कास्की अध्यक्ष शेखर गौतम, नेकपा एमाले कास्की पूर्व सदस्य लालवहादर परियार, मौजा गाउँ कमिटी अध्यक्ष भिमप्रसाद बाँस्तोला, क्षेत्र नम्वर ३ पूर्व सचिवाललय सदस्य  दामोदर शर्मा पराजुली लगायतले आ–आफ्ना भनाइ राखेका थिए । अधिवेशनले  जेठ १५ गते नेपाल राष्ट्रिय वाणिज्य संघ पोखरा–९ गठन गर्ने निर्णय गरेको छ। कार्यक्रममा दिलमाया गुरुङ्गले स्वागत र कार्यक्रमको सञ्चालन प्रेम गुरुङ्गले गरेका थिए।

Post a Comment

 
Top