0
गोल्डेन न्यूज संवाददाता
पोखरामा बढी भाडा असुल्ने सवारी कारवाहीमा परेका छन् । ताकिएको भन्दा बढी भाडा अशल्ने ११ वटा सवारी कार्वाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ । काठमाडौं पोखरा चल्ने दुई वटा बसलाई प्रतिबस ३१ सयका दरले जरिवाना तिराएर छाडिएको छ । बढी भाडा असुल्ने बा२ख ५७५८ र बा२ख ४२८१ नम्बरको बसलाई जरीवाना तिराएर छाडिएको प्रहरी निरीक्षक श्यामु अर्यालले जानकारी दिए । त्यस्तै शुक्रवार गरिएको ट्राफिक जाँचको क्रममा पोखरा नगर क्षेत्रमा चल्ने ९ वटा सवारीलाई नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ । यात्रुसँग बढी भाडा अशुल्ने तीन वटा माइक्रो र ६ वटा नगरवस कार्वाहीमा परेका हुन् । पोखरा लेखनाथ चल्ने ग१ख ६०२९ नम्बरको बस सहित पोखरा नगर क्षेत्रमा चल्ने ग१ख ४०२७, ग१ख ३८८५, ग१ख ४३६५, ग१ख ४०१४ र ग१ख ५९३६ नम्बरको बसलाई कार्वाहीका लागि नियन्त्रणमा लिइएको छ । त्यस्तै ग१ज ४५४०, ग१ज ४६०९ र ग१ज २९२२ नम्बरको माईक्रोले पनि बढी भाडा अशुलेको भेटिएपछि कार्वाही अघि बढाइएको छ । यात्रुसँग बढी भाडा असुल्ने सवारीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कार्वाहीका लागि यातायात कार्यालय पठाउने गरेको छ । यातायात कार्यालयले जरीवाना रकम तिराएपछि मात्रै सचेत गराई छाड्ने प्रावधान छ । तोकिएको भन्दा बढी भाडा अशुल्ने गरेको गुनासो बढेपछि यात्रुवहाक सवारी चेकजाँचमा कडाई गरिएको अर्यालले बताए । आगामी दिनमा पनि यस्ता सवारी माथिको चेकजाँचलाई निरन्तरता दिने उनले बताए ।




Post a Comment

 
Top