तनहुँको आँबुखैरेनीस्थित मस्र्याङ्दी जलविद्युत गृह नजिकैको पुलबाट यात्रुबाहक बस नाग्दी खोलामा खस्दा १२ यात्रु जना घाइते भएका छन् । मुग्लिङबाट दमौली आउँदै गरेको ना४ख ७९२४ नम्बरको यात्रुवाहक बसअघि दिउँसो खोलामा खसेको हो । तीव्र गतिमा आइरहेको बस अनियन्त्रित भएर करिब ४० मिटर तल खोलामा खसेर दुर्घटना भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रमुख प्रहरी निरीक्षक लेमप्रताप सेनले बताए । दुर्घटनामा घाइतेमध्ये चालकसहित तीनको अवस्था गम्भीर छ । घाइतेहरुमध्ये तीनजनाको अवस्था गम्भीर रहेको ट्राफिक प्रमुख ओमप्रसाद पौडेलले बताए । घाइतेमध्ये तीनजनाको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भैरहेको छ । तीन जनालाई भरतपुर तथा तीन जनालाई थप उपचारका लागि काठमाडौंमा पठाइएको छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment