0
गोल्डेन न्यूज संवाददाता
नेपाली कांगे्रस लेखनाथ नगर समितिको आयोजनामा लेखनाथ ११ वेगनासतालमा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो । प्रशिक्षणमा प्रमुख प्रशिक्षक नेपाली कांग्रेस महासमितिका सदस्य देवराज चालिसेले कांग्रेसको नेतृत्वमा नयाँ संविधान जारी भएकाले अव संविधान कार्यन्वयन पनि कांगे्रसले अग्रसरता लिनुपर्ने बताए ।नेता चालिसेले अब आर्थिक क्रान्तिका लागि घरबाट परिवर्तनको शुरुवात गर्नुपर्ने आवश्यक भएको भन्दै कांग्रेस नेता तथा कार्यकर्तालाई व्यवसायिक हुन पनि आग्रह गरे ।  ओली सरकारले अन्तर्राष्ट्रिय कुटनीतिक सम्बन्ध विगारेकोले परराष्ट्र नीतिलाई सन्तुलित कायम राख्न नसकेको आरोप लगाउँदै पुनःनिर्माणको कार्य पूरा गरी विकास निर्माणको कार्य गर्न कांग्रेसको विकल्प अरु कुनै पार्टीले गर्न नसक्ने ठोकुवा समेत गरे । कार्यक्रमका प्रमुख अतिथि एवं नेपाली कांगे्रस कास्कीका सभापति कृष्ण केसीले सबै कांग्रेसीजनहरु एक भएर स्थानीय निर्वाचनमा लाग्नुका साथै समाज रुपान्तरमा अग्रसर हुन आग्रह गरे । उनले  नेपाली कांगे्रसको सिद्धान्तलाई प्रत्येक नेपालीको घर–घरमा पुर्याउन नेता तथा कार्यकर्तालाइ आग्रह समेत गरे । कार्यक्रममा नेपाली कांग्रेस लेखनाथ नगर सदस्य कल्याणबाबु भण्डारी, क्षेत्रीय उप–सभापति शरदराज सुवेदी, नगर समितिका सचिव धु्रबनाथ अधिकारी, कास्की जिल्ला सदस्य रामबाबु भण्डारी,  नेपाल महिला संघ कास्की जिल्ला सभापति कोपिला रानाभाट, नगर सभापति राजेन्द्रमणि लामिछाने, वार एशोसिएसन कास्कीका अध्यक्ष खगेन्द्र आचार्य, स्थानीय नेताहरु कृष्ण प्रसाद ढुङ्गाना, निर बहादुर चर्माकार, ठाकुर कंडेल लगायतले सबै एक भएर विकासमा अग्रसर हुनपर्नेमा जोड दिएका थिए । नेपाली कांग्रेस लेखनाथ वडा नं.११ का सभापति तारमणि घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वगत मन्तव्य महेश पौडेलले गर्नुका साथै सचिव नवराज ओझाले कार्यक्रम संचालन गरेका थिए।  







Post a Comment

 
Top