राष्ट्र बैंकले ल्याएको नीति अनुसार बैंकिङ क्षेत्रमा मर्जर हुने संख्या बढ्दै गएको छ। सोही अनुसार गत चैत्र २२ गतेबाट पोखराको सिटी डेभलपमेन्ट बैंक लिमिटेड र ओम फाइनान्स लिमिटेड आपसमा गाभिएर राष्ट्रियस्तरको विकास बैंक अर्थात ओम डेभलपमेन्ट बैंकको रुपमा एकीकृत कारोबार सुरु गरेको छ। बैंकको चुक्ता पुँजी १ अर्ब ५ करोड, निक्षेप १० अर्ब ९० करोड, कर्जा ९ अर्ब ८ करोड रहेको छ। मर्ज भएपछि ओम डभेलपमेन्ट बैंकको केन्द्रीय कार्यालय पोखराको चिप्लेढुंगामा नै रहेको छ। बैंकले हाल चार वटा अञ्चलमा आप्mनो शाखा मार्फत काम गर्दै आएको छ। ओम डेभलपमेन्ट बैंकले भूकम्पपीडित आवास कर्जा, युवासँग ओम र ओम सहुलियत कर्जा लगायतका कार्यक्रम मार्फत ग्राहकहरुको मन जित्न सफल भएको छ। बैंकले आप्mनो कारोबारलाई शसक्त रुपमा अगाडि बढाएको छ । बैंकले कृषि एवं पुर्निर्नर्माणमा अब ओमको साथ, बनाउँछौ हामी युवालाई उद्यमी, कृषि एवं पुर्निर्नर्माणमा दिन्छौं साथ कार्यक्रम संचालन गर्दै आएको छ। एकीकृत कारोबार सुरु भएपछिको अवस्था, राष्ट्रको विकासमा ओम डेभलपमेन्ट बैंकले खेल्ने भूमिका र आगामी दिनको योजना लगायतको विषयमा कन्द्रित रहेर बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीसँग गरिएको कुराकानीः
बैकिङ्ग क्षेत्रको अवस्था कस्तो छ ?
सरकारले २०४० को दशकबाट नीजिकरण र विश्वव्यापीकरण नीति अलम्बन ग¥यो । त्यो सँगै नेपालमा बैंक तथा वित्तिय संस्थाहरु बढ्ने क्रम सुरु भयो । २०५० को दशकबाट नेपालमा बैंक तथा वित्तिय क्षेत्रहरुको ठूलो मात्रामा आउन थाले । ०६४ सालमा नेपालमा बैंक तथा वित्तिय क्षेत्रहरु संख्या ठूलो मात्रामा बृद्धि भयो । पछिल्लो पटक नेपाल राष्ट्र बैंकले लिएको नीतिका कारण बैंकहरुबीच प्रतिस्पर्धा छ । राष्ट्रबैंकले गत साउनमा मौद्रिक नीति ल्यायो । त्यो नीति आएपछि बैंक तथा वित्तिय क्षेत्रहरुको संख्या घटाउने, केही सबल सक्षम ठूला बैंकहरुलाई प्रश्रय दिने र अर्कोतिर मर्जरको नीति अबलम्बन गर्दै बैंक तथा वित्तिय संस्थाहरु घटिरहेका छन् । गत बर्ष आएको विनाशकारी भूकम्पका बाबजुद पनि बैंक तथा वित्तिय क्षेत्रहरुले राम्रै काम गरिरहेका छन् । बैंक तथा वित्तिय क्षेत्रको प्रतिस्पर्धा बढेको छ । विजनेस चाँही नबढेको अवस्था हो ।
ओम डेभलपमेन्ट बैंकको अवस्था कस्तो छ ?
नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति अनुसार पोखरामा रहेका दुई संस्थाहरु सिटी डेभलपमेन्ट बैंक लिमिटेड र ओम फाइनान्स लिमिटेड पनि राष्ट्र बैंकको निर्देशन बमोजिम मर्जमा जानुपर्छ भन्ने भावना अनुरुप २०७२ चैत्र २२ गतेदेखि एकीकृत रुपमा कारोबार गर्दै आएका छौं । राष्ट्रबैंकले ल्याएको नीतिप्रति बैंक तथा वित्तिय संस्थाहरुले फिल गरेका छन् । मर्ज गर्ने क्रममा ओम डेभलपमेन्ट बैंकको रुपमा राष्ट्रियस्तरको विकास बैंकको रुपमा हामीले कारोबार गर्दै आएका छौं । ओम बैंकको हाल चुक्ता पुँजी १ अर्ब ५ करोड रुपैयाँ रहेको छ । चैत्र मसान्तसम्मको वित्तीय विवरण अनुसार करिब ११ अर्ब निक्षेप छ । करिब ९ अर्ब कर्जा तथा लगानी गरेको छ । हालसम्म विभिन्न ‘ख’ र ‘ग’ वर्गको बैंकहरुमा हामीले निक्षेपमा अग्रणी भूमिका निर्वाह गरेका छौं । सबै भन्दा बढी निक्षेप संकलन गर्ने बैंकमा हामी पनि पर्छौं । बैंक तथा वित्तिय क्षेत्रको स्टाइन्डर मापन गर्ने कुरा छ । वित्तिय विवरणको आधारमा पनि नेपालका रहेका समग्र विकास बैंकहरुमध्ये हामी पाँच विकास बैंकभित्र नै पर्छांै ।
छोटो समयमै ग्राहकहरुको मन जित्न सक्नुको कारण के हो ?
हामी मर्ज भएर आउनेक्रममा ओम फाइनान्स लिमिटेड विगत १४ बर्षदेखि नेपालको बैंकिङ्ग इन्ड्रस्टिमा छ । काठमाडौं लगायत देशका विभिन्न क्षेत्रहरुमा वित्तिय सेवा पु¥यारहेको अवस्था । सिटी डेभलपमेन्ट बैंकले पनि १० जिल्लाको विकास बैंक । दुवै सबल संस्था एकै ठाउँमा मर्ज हुँदा हाम्रो वित्तिय अवस्था राम्रो भएको हो ।
बैंकको शाखा कति वटा छन ?
ओम डेभलपमेन्ट बैंक राष्ट्रियस्तरको बैंक हो । तर पनि देशको चार वटा अञ्चल, धौलागिरी बागमती, गण्डकी र नारायणीमा २५ वटा शाखाहरु छन् । यी शाखाहरुबाट एक लाख ग्राहकहरुको लागि हामीले बैकिङ्ग सेवा पु¥याइरहेका छौं । तीन वटा एटीएममार्फत सेवा दिएका छौं ।
ओमलाई रोज्नु पर्ने विशेषता के छन ?
हामीले ग्रामिण क्षेत्रलाई केन्द्रमा राखेर बैकिङ्ग सेवा संचालन गरेका छौं । मनाङको चामेजस्तो ठाउँमा हामीले बैकिङ्ग सेवा उपलब्ध गराएका छौं । बैंकहरुको अपस्थिति जुन ठाउँमा छैन त्यहाँ हामीले शाखा स्थापना गरेर सहज ढंगले सेवा दिएका छौं । यसकारण छोटो समयमा ओम डेभलपमेन्ट बैंकले व्यवसाय विस्तार गर्न सजिलो भएको छ ।
ग्रामीण क्षेत्रमा अन्य बैंक नभएकाले हामीले दिएको सुविधाको कारण हाम्रो बैंकप्रति आर्कषित भएका छन् । शहरी ईलाकहरुमा सेवा विस्तार गरेका छौं । छोटो समयमा पनि आधुनिक सुविधा सम्पन्न छिटो छरितो सेवा बजारमा मात्र होइन ग्रामीण क्षेत्रमा पनि पु¥याएका छौं । धेरैजसो गाविसमा पनि हामी पुगेका छौं । लमजुङ जिल्लाको भोटेओढार, तनहुँ जिल्लाको तुरतुरेमा, कास्कीको हेम्जा गाविसमा सेवा दियौ ।
भूकम्पपीडित आवासका लागि कर्जा दिन सुरु गर्नुभएको हो ?
बैंकहरु वित्तिय संस्थाहरु हुन् । त्यति हुँदा–हुँदा पनि आफ्नो व्यसायिक कारोबार गर्ने भनेको नागरिकहरुसँग नै हो । बैंकिङ्ग सेवा संचालन गर्ने क्रममा आफूले कमाएको निश्चित नाफा त्यो क्षेत्रमा खर्च गर्नुपर्छ भन्ने भावना अनुरुप बैंक र बैंकका कर्मचारी रसञ्चालकहरुले भक्ताबाट त्यो समयमा भूकम्पपीडितलाई कम्प्युटर, जस्तापातासहित रकम समेत प्रदान ग¥यौं । हामीले राष्ट्र बैंकले अगाडि सारेको नीति अनुसार भूकम्पपीडितलाई कर्जा दिनुपर्छ भनेर २ प्रतिशत ब्याजदरलाई पनि अगाडि सा¥यौं । तर दुःखको कुरा सरकारले तोकेको मापण्डअनुसार भूकम्पपीडितहरुले काजगपत्र पु¥याउन निकै कठिन देखिएको छ । ग्रामिण क्षेत्रमा त्यो कागज पु¥याउने निकै कठिन देखियो । जसको कारण हामीले चाहेर पनि कर्जा दिन सकेका छैनौं । चैत्र २२ गते हामीले मर्ज गर्ने क्रममा भूकम्पपीडितलाई अफर लेटेर प्रदान गरेर बैंकको संयुक्त कार्यक्रमको उदघाटन गरेका थियौं ।
कृषि कर्जा राष्ट्र बैंकले तोकेअनुसार ६ प्रतिशत ब्याजदर दिएका छौं । बैंक तथा वित्तिय क्षेत्रहरुले मर्ज गरेपछि सामान्यतया तारे होटलमा कार्यक्रम गर्ने गरिन्छ । तर हामीले कुनैपनि कार्यक्रमको आयोजना गरेनौं । बरु दुई लाख रुपैयाँ पनि भूकम्पपीडित र पोखरा उप–महानरपालिकाले सञ्चालन गरेको वातावरण संरक्षण सम्बन्धी कार्यक्रलाई सहयोग ग¥यौं । प्लाष्टिक झोला अभियान हटाऔं अभियानमा सहयोग ग¥यौं । पार्टी भोज गरेर त्यो रकम सिध्याउनु भन्दा नागरिकको जीवनस्तरसँग सरोकार राख्ने रचनात्मक काममा लगाउन आवश्यक ठान्यौं । हामीले दस बर्षदेखि यस्तै काम गरेर सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएका छौं ।
त्यसो हो भने भूकम्पपीडितलाई कर्जा दिन सकिने अवस्था छैन ?
भूकम्पपीडितहरुले बैंकबाट कर्जा लिनको लागि त्यति सहज अवस्था देखिंदैन । सरकारले तोकेअनुसारको कागजपत्र पेश गरेर सबै भूकम्पपीडितहरुले घर बनाउन सक्ने अवस्था छैन् । भूकम्प पीडितहरुको गाउँमा गएका छौं । गोरखाको बारपाकमा पुगेर पनि पीडितहरुको अवस्था बुझ्यौ । अहिलेसम्म बैकिङ्ग क्षेत्रले १ करोड ५० लाख भन्दा बढी कर्जा दिन सकेको छैन् । नेपाल राष्ट्र बैंकले बिना ब्याजमा पैसा दिन्छु तपाइँहरुले पैसा लिएर लगानी गर्नु भनेको छ । तर भूकम्पपीडितहरुले जुन काजगजात पेश गर्नुपर्ने भनिएको छ त्यो निकै झन्झटिलो छ । हामीले चाहेर पनि कर्जा दिन सक्ने अवस्था छैन् ।
ओमले कृषि क्षेत्रमा कहाँ–कहाँ लगानी गरेका छ ?
नेपालमा जति पनि बैंकहरुले कृषिमा लगानी गरेका छन् त्यो भन्दा धेरै लगानी हामीले गरेका छौं । अन्य बैंक तथा वित्तिय संस्थाले गरेको लगानी भन्दा ओम बैंकले कृषि क्षेत्रमा बढी लगानी गरेको छ । काठमाडौं भन्दा पोखरा क्षेत्रमा बढी लगानी गरेका छौं । टाउट्र माछा, पशुपालन, कुखुरापालन, तरकारी उत्पादनमा लगानी गरेका छौं । कृषकलाई ऋण दिन काम पनि बैंकले गर्दै आएको छ । कृषि क्षेत्रबाट भन्दा गैर कृषि क्षेत्रबाट लोनको माग बढी आउने गरेको छ । बैंक तथा वित्तिय क्षेत्र भनेको व्यावसायिक संस्था हुन । उनीहरुले यसमा लगानी गर्नुपर्छ । बैंकहरुले बाँध्य भएर गैर कृषि क्षेत्रमा लगानी गरेको अवस्था हो । नेपाल राष्ट्रबैंकले निश्चित क्षेत्रमा रहेर लगानी गर्न निर्देशन दिएको छ । तर पनि त्यहाँ पनि बढी रकम हामीले कृषिमा लगानी गरेका छौं । जहाँबाट हामी सन्तुष्ट छौं ।
देशका ४० लाख युवाहरु विदेशमा छन्। यहाँहरुले युवालाई उद्यमशिल बनाउने पनि भन्नुभएको छ के योजना छ ?
योग्यता छ, तर पैसा छैन । युवाहरुलाई विना धितो लोन दिन हामीले नै सुरु गरेका हौं । हामीले बाग्लुङबाट बिना धितो ऋण दिन सुरु गरेका हौं । महिलालाई सबै लघुवित्त संस्थाले ऋण दिन्छन् । तर पुरुषलाई विना धितो लोन दिने चलन छैन् । पहिलो पटक हामीले नै यो कामको सुरुवात गरेका हौं । मुख्यतया, पुरुषहरु नै बढी बिदेश जाने गरेका छन् । त्यसलाई रोक्नको लागि पनि हामीले यो योजना अघि सारेका छौं । जसरी प्रत्येक दिन १ हजार पाँच सय मानिसहरु विदेश जान्छन । ५० लाख मानिसहरु विदेशमा सस्तो श्रम बेचिरहेका छन् । प्रत्येक बर्ष पाँच लाख मानिसहरु श्रम बजारमा आउँछन् । ५० हजाले मात्र अवसर पाउँछन । साढे चार लाख मानिसहरु विचलित हुनुपर्ने अवस्था छ । त्यसलाई सम्बोधन गर्नका लागि युवासँग ओम नीति ल्यायो । अहिलेसम्म सात सय मानिसहरुले विना धितो ऋण लिएर विदेश नगई देशभित्र नै विभिन्न किसिमका उत्पादनमूलक काम गरिरहेका छन् । गण्डकी र धौलागिरीमा लोन दिएका छांै । चार सय ग्रुप छन् । ती ग्रुपमा सात सय मानिसहरु छन् । चार लाख भन्दा बढी लोन लिनका लागि धितो पेश गर्नुपर्छ । चार लाख भन्दा तलको लागि धितो चाहिंदैन,समूहमा ऋण लिन्छन् । गाई पालन, भैसी पालन, बाख्रपालन, व्यवसायका कामहरु उनीहरुले गर्छन । अहिले राम्रो काम गरिरहेका छन् ।
ओमको आगामी योजना के छ ?
जब हामी मर्ज भनेर आयौं । पहिलो रणनीति चार वटा मात्र अञ्चलबाट बढाएर देशव्यापी रुपमा नेटवर्क विस्तार गर्ने योजनामा छौं । त्योसँग पुँजी विस्तार गर्नुपर्ने छ । राष्ट्रव्यापी रुपमा कारोबार गर्नुपर्ने अवस्था छ । वित्तिय संस्थासँग प्रतिस्पर्धा गर्न पुँजी पनि ठूलो चाहिने भएकाले पुँजी विस्तार गर्नेयोजना रहेको छ । अबको बैंकिङ्ग क्षेत्रमा प्रवद्र्धन गर्नेहरुको १० प्रतिशत मात्र लगानी हुन्छ । बाँकी नब्बे प्रतिशत भनेको सर्वसाधारणहरुको बैंक हो । बैंकमा विगतमा केही समस्या आयो । प्रबद्र्धकहरुले बैंक मेरो हो भन्ने भनाई आयो । संस्थागत सुशासनमा विस्तार गर्ने इ–बैकिङ्गमा आधुनिक बैकिङ्ग सेवा दिनका लागि विभिन्न पूर्वाधारहरु तयार गर्नुपर्ने अवस्था छ । नागरिकहरुलाई एसएम सर्भिस, इ–बैकिङ्गमा सेवा लगायतका अन्य बैकिङ्ग सेवा प्रदान गर्नका लागि कारोबारको साथै यी रणनीतिलाई प्राथमिकता दिएर अगाडि जानुपर्ने आवश्यकता छ ।
बैकिङ्ग क्षेत्र पारदर्शी हुन सकिरहेका छैन भन्छन नि ?
नेपालमा जति उद्योग छन सबै भन्दा बढी बैकिङ्ग क्षेत्र पारदर्शी छन् । विगतमा बैकिङ्ग क्षेत्रमा पनि केही समस्या देखियो । राष्ट्र बैंकले अनुगमन गर्दा कमजोरी देखिए । बैंकहरुले न्युनिकरण गर्दै लगेका छन् । राष्ट्र बैंकले ल्याएको निर्देशन नम्बर छ, जुन संस्थागत सुशासन सम्बन्धी बैंक तथा वित्तिय क्षेत्रले पनि अलि बढी परिपक्कता व्यवसायी कार्यकुशलता तिर अगाडि जानु पर्ने देखिन्छ । बाँकी कमजोरी हटाउनका लागि पनि बैंक तथा वित्तिय संस्था लाग्नु पर्छ ।
राष्ट्र बैंकले आठ अर्ब पुँजी पु¥याउने भनेको नि ?
वाणिज्य बैंकको लागि आठ अर्ब भनेको हो । विकास बैंकहरुका लागि २ अर्ब ५० करोड छ । दुई अर्ब पचास करोड पुँजी पु¥याउनु पर्ने छ । त्सको लागि हकप्रद शेयर निस्काशन गर्ने काम, बोनस सेयर वितरण गर्ने, मर्जरको कामलाई पनि एक साथ लैजाने गरी काम अगाडि बढाएका छौं । राष्ट्र बैंकले पुँजी पु¥याउने समय थप्न सक्छ । प्रोसेसमा रहेका छन् । असार मसान्तसम्म पुँजी पु¥याउन सकिन्छ ।
समृद्ध नेपाल निर्माण कसरी गर्न सक्छ ?
बैंकहरु भनेको स्पष्ट रुपमा उदारीकरणको नमूना हो । बंैकहरुले देशमा पुँजीको निर्माण गर्छन । नागरिकहरुसँग बचतको रुपमा रकम संकलन गर्छन । त्यहीँ पुँजी नागरिकहरुलाई लोनको रुपमा दिन्छन । जसले गर्दा आफूसँग बचेको पैसा बैकमा लगेर राख्छन । त्यो पुँजीको रुपमा काम गर्छ । देशमा पुँजीको विकास गर्ने हो । रोजगारिको सृजना गर्ने हो । देशको आर्थिक विकास गर्न पुँजी आवश्यता पर्छ । पुँजी बचतका रुपमा संकलन गरेर ऋणको रुपमा प्रदान गर्छन । राष्ट्रिय अर्थतन्त्रलाई सहयोग गर्न हो । नेपालका बैंक तथा वित्तिय क्षेत्रले निर्वाह गरेका छन् । राजनीतिक देशको मेरुदण्ड हो । खलबलिएपछि हाम्रो शरीर बलियो हुन सक्दैन । राजनीतिज्ञहरु सही ट्रयाकमा नभएको कारणले गर्दा देश उँधो गतितिर गएको हो । राजनीति पार्टीको आफ्नो भिजन हुन्छ । आर्थिक मुद्दामा राजनीतिक पार्टीहरु एकै टाउँमा भइदिनु पर्यो । राजनीति गरुन आर्थिक मुद्दामा उभिन सके निजी क्षेत्रले काम गर्छ । राजनीतिक पार्टीले वातावरण सहज बनाउने हो भने देशभित्र नै स्रोत र साधन छ । श्रमिक पुँजी छ । जलस्रोत छ । व्यवस्थापन छैन । सरकारले व्यवस्थापन गरिदिए लगानी निजी क्षेत्रले गर्छ । आर्थिक मुद्दा बुझेका केही राजनीतिक पार्टीमा पनि आवश्यकता छ ।
बैकिङ्ग क्षेत्रमा आउने पुस्तालाई के भन्न चाहनुहुन्छ ?
बैकिङ्ग क्षेत्रमा सानो लगानी र सानो त्यागले पुग्दैन । ठूलो लगनशिलता चाहिन्छ । विगत बीस बर्षमा बैकिङ्ग क्षेत्रमा छौ । पहिलो शिक्षा हो । त्यसछि अनुभव लगनशिलता । लामो समयमसम्म एउटै क्षेत्रमा रहेर काम गर्न सक्ने खुबी चाहिन्छ । युवा पुस्ता बैकिङ्ग क्षेत्रमा आर्कषित हुन चाहन्छन् । म पनि त्रिभुवन विश्वविद्यालयअन्तर्गत उपप्रध्यापक भएर विगत १५ बर्षदेखि अध्यापन गराउँदै आएको छु । पछिल्लो समयमा विद्यार्थीहरुको क्वालिटी कम छ । अध्ययान गर्ने प्रवृत्ति कम छ । १२ कक्षा पास भएपछि विदेश जाने हो भन्ने भावना देखिएको छ । सधैंभरि रेमिट्यान्स भित्र्याएर काम चल्दैन । ती नागरिकहरुलाई स्वदेशमा नै राख्ने वातावरण सरकारले बनाउनुपर्छ । सरकारी र निजी क्षेत्रले गर्नुपर्छ । युवाहरुले आँट र जाँगर देखाउन हो भने नेपालमा बैंक तथा वित्तिय क्षेत्रहरु प्रशस्त रुपमा छन् । कर्जा लगानी गर्न सक्षम छन् । जागिरे मानसिकता लिएर जागिर खान भनेर नआउनुहोस । बैकिङ्ग क्षेत्रमा राम्रो सक्षम दक्ष जनशक्तिको अभाव छ । एक जनाको विज्ञापन गर्यो भने पाँच सय आवेदन पर्छ । तर क्षमता छैन । दक्ष जनशक्तिको अभाव छ ।
Post a Comment