0
गोल्डेन न्यूज संवाददाता
नेपाल विद्यार्थी संघ पोखरा इन्जिनिरियिङ कलेज इकाई सभापतिमा हेमन्त पाण्डे निर्वाचित भएका छन् । संघको बिहीबार सम्पन्न भेलाले पाण्डेलाई सभापतिमा निर्वाचित गरेको हो । नेतृत्वका लागि सर्वसम्मतिको प्रयास  गरिएपनि अन्तत निर्वाचन मार्फत नै पाण्डे सभापतिमा चुनिएका थिए। सम्पन्न निर्वाचनमा पाण्डेले २४ मत पाएका थिए भने उनका प्रतिस्पर्धी ईश्वर कुमार श्रेष्ठले ९ मत प्राप्त गरे । समितिमा बाँकी पदाधिकारी र सदस्य भने सबैको सल्लाह र सहमतिमा गर्ने नवनिर्वाचित सभापति पाण्डेले जानकारी दिए । यसअघि सम्पन्न समितिको भेलामा बोल्दै निवर्तमान उपसभापति बिशाल थापा, कोषाध्यक्ष रुद्र प्रसाद तिमील्सिना, पूर्व उप–सभापति भगवान जोशी, विद्यार्थी नेता समिर बस्याल लगायतले विद्यार्थी हकहितको पक्षमा बोल्ने संगठनका रुपमा नेविसंघ एकमात्र संगठन रहेको बताएका थिए । समितिकी कार्यबाहक सभापति अश्मिता पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन सचिव सुशिल खनालले गरेका थिए ।

Post a Comment

 
Top