0
गोल्डेन न्यूज संवाददाता
कास्की जिल्ला अदालतको आयोजनामा कास्की जिल्लाको सैमराङ गाउँ विकास समितिको वडा नं. २ वार्चोकमा न्यायिक बाह्यपहुँच कार्यक्रम सम्पन्न भयो । स्थानीय अन्नपूर्ण सीता पोखरी प्रा.वि.को प्राङ्गणमा आयोजित कार्यक्रम न्यायमा महिलाको पहुँच, घरेलु हिँसा, महिला हिँसा, सम्बन्ध विच्छेद, अंश, माना चामल, यौन दुब्र्यवहार, पारिवारिक साम्पति विवाद लगायतका विविध विषयमा केन्द्रित भएको थियो । बाह्यपहुँच कार्यक्रममा स्थानीयले उठाएका जिज्ञासा जिल्ला न्यायाधीश, स्रेस्तेदार, तहसिलदार र सरकारी वकिल लगायतले मेटाएका थिए । यसरी आफ्नै ठाउँमा आएका जिल्ला न्यायाधीश समक्ष प्रश्न तथा जिज्ञाशा राख्न पाउँदा उनीहरु उत्साहित देखिन्थे । कार्यक्रममा सहभागीहरुले सन्तान नभएको कारण श्रीमतीले सम्बन्धविच्छेद गरेमा अंश पाउने कि नपाउने, श्रीमान् विदेशमा हुदाँ श्रीमतीले सबै पैसा सक्दा समेत न्याय नपाउँदा के गर्ने, घरेलु हिँस्साको बारेमा उजुर गर्दा झन पछि पिडा दिएमा के गर्ने, महिला पुरुष बीचमा ज्याला भेद्भाव छ यसलाई कसरी समान बनाउने भन्दै न्यायाधीश समक्ष प्रश्न गरेका थिए । त्यतिमात्र नभएर अंशवण्डा, अंशियार, दाइजो, पेवा, मानाचामल, सम्बन्ध विच्छेद, घरेलु हिँसा, दण्ड सजाय, पीडितले उजुरी दिने ठाउँ लगायतको बारेमा समेत उनीहरुले जिज्ञासा राखे । यसरी आएका प्रश्न र जिज्ञाशालाई कास्की जिल्ला अदालतका जिल्ला न्यायाधीशहरु अनन्तराज डुम्रे, नागेन्द्र लाल कर्ण, नरिश्वर भण्डारी, नारायणप्रसाद दाहाल र विष्णुप्रसाद गौतम, अदालतका स्रेस्तेदार कृष्ण प्रसाद नेपाल, तहसिलदार खुमप्रसाद भण्डारी, शाखा अधिकृत भोलाराज रेग्मी, पूनरावेदन सरकारी वकिल कार्यालयका सह–न्यायाधिवक्ता गणेश बाबु अर्याल, उप–न्यायाधीवक्ता योगनाथ ढकाल, सहायक जिल्ला न्याधिवक्ता स्वतन्त्र न्यौपाने र पर्शुराम पहारी, पूनरावेदन अदालत बार एशोसिएसनका सचिव ईन्द्रप्रसाद बरालले मेटाएका थिए । झण्डै तीन घण्टासम्म चलेको कार्यक्रममा सहभागी भई विभिन्न विषयमा जानकारी प्राप्त गर्न पाएकोमा स्थानीय महिला बढि उत्साहित थिए । कार्यक्रममा झण्डै एक सय जना स्थानीयको सहभागिता थियो । कास्की जिल्ला अदालतका जिल्ला न्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा भएको कार्यक्रममा, जिल्ला न्यायाधीश नागेन्द्र लाल कर्णले स्वागत, अदालतका तहसिलदार खुमप्रसाद भण्डारीले धन्यवाद ज्ञापन गरेका थिए । अदालतका स्रेस्तेदार कृष्ण प्रसाद नेपालले सहजीकरण गरको कार्यक्रममा स्थानीय बुद्धिजीवि छवि प्रसाद गुरुङ, सहभागीको तर्फबाट कुस्मी गुरुङले बोलेकी थिइन् । कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय सिक्लेस समेतको सहयोग रहेको थियो । कास्की जिल्ला अदालतले परामर्श सेवा, बारबेन्च अन्तत्र्रिmया, स्थानीय निकायका सचिव र तामेल्दारबीच अन्तत्र्रिmया, सरकारी वकिल र प्रहरीबीच अन्र्तित्र्रmया, सञ्चारकर्मीसँग अन्तत्र्रिmया, सरोकारवालाबिच अन्र्तित्र्रmया लगायतका कार्यक्रमको आयोजना गरि न्यायमा जनताको सहज पहुँच पु¥याउने कार्य गर्दै आएको स्रेस्तेदार कृष्ण प्रसाद नेपालले बताए ।

Post a Comment

 
Top