0
गोल्डेन न्यूज संवाददाता
नेपाली कथानक चलचित्र रोल्पा रोग बैशाख २४ देखि देशभर एकसाथ रिलिज भएको छ । रोल्पा रोग चलचित्रका निर्देशक दिपक ओली हुन् । ‘सक्छस् देश जोगा सक्दैनस् ज्यान जोगा, चलचित्रको सन्देश छ । मध्यपश्चिमको दुर्गम जिल्ला रोल्पाका युवायुवतीमा हुने दैनिक जीवन संघर्षलाई पर्दामा देखाउँन खोजिएको छ । सशस्त्र माओवादी द्वन्द्वकालमा च्यापिएको रोल्पा जिल्लाको १० वर्षे द्वन्द्वकालमा भएका केही मौलिक घटनालाई निर्देशक दिपक ओलीले पर्दामा ल्याएका छन् । रोल्पाका युवा युवतीको प्रेम र मायामोहलाई समेत सशक्त ढंगले चलचित्रमा प्रस्तुत गरिएको छ । त्यहाँ युवा युवतीहरुको जीवनशैली, बोलीचालीका भाषिक शब्दहरुलाई रमाईलो ढंगले प्रस्तुत गरिएको छ । अहिले रोल्पा रोगको चारैतिर चर्चा छ । रोल्पाका ग्रामीण युवाहरुको जीवन भोगाइ र संघर्षको कथा चलचित्रमा देखाउन खोजिएको छ । चलचित्र रोल्पा जिल्लाका विभिन्न स्थानहरुमा छायाँकन भएको छ । भने केही दृश्य दाङमा छायाँकन गरिएको नायक शिशिर पौडेल बताए । रोल्पा रोगमा शिशिर भण्डारी, कुलदेव अधिकारी, जनक थापा, सुशिल पोखरेल, बिनु खड्का, रामबाबु आक्रोस, लक्ष्मी रसाईली लगायतले अभिनय गरेका छन् । चलचित्रका प्रस्तुतकर्ता निर्मला ओली छिन् भने निर्माता थल बहादुर ओली छन्। ओखरे, घैटे, राईटे जस्ता हास्य पात्र पनि चलचित्रमा छन् । उनीहरुले क्रान्तिबाटै देशको विकास सम्भव छ । भन्ने सन्देश दिन खोजेका छन् । रोल्पा क्रान्तिकै एक सशक्त पाटो भएको जिल्ला हो । माओवादीको उदय स्थल रोल्पा जिल्ला क्रान्तिकै रगतले उम्लिरहेको जिल्ला हो । देशमा जति राजनैतिक परिवर्तन भएको छ, त्यसमा उत्तिकै रोल्पाको योगदान छ । चलचित्रमा जाउँला कान्छी जलजला र सुनछहारी घुम्न, साह्रै रहर लाग्यो मलाई तिम्रो गाला चुम्न । जस्ता रमाईला गीत रहेका छन् । गीत ट्प्पा सङ्मा छ । ट्प्पा गीत पश्चिमको चिनारी नै हो । रोल्पाका युवायुवतीको सपनाको खेतीलाई समेत चलचित्रमा देखाउन खोजिएको छ ।









































Post a Comment

 
Top