0
बैंक वित्तीय संस्थाहरुलाई अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध गराउदै लाने क्रममा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले, जनता बैंक नेपाल लिमिटेडसंग अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली सेवा सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडकातर्फ बाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान र जनता बैंक नेपालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार नेपालक्लियरिङ्ग हाउस लिमिटेडले बैंकलाई अन्तर बैंक विद्युतीय भुक्तानी सेवा संचालनको लागि प्रणाली उपलब्ध गराउने छ । उक्त प्रणालीमार्फत कम्पनीसंग आवद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरुमा रहेका ग्राहकहरुको कुनै पनि खातामा भुक्तानी दिने र लिने जस्ता कारोबारहरु पूर्णतया रुपमा संचाल नगर्न सक्नेछन् । ग्राहकको रकम स्थानान्तरण, डिभिडेन्ट पेमेन्ट, आइपीओ रिफन्ड, बिल भुक्तानी, प्रीमियम भुक्तानी, सामाजिक सुरक्षा भत्ता, पेन्सन–तलब भुक्तानी, रेमिटेन्स लगायतका कुनै पनि प्रकारका भुक्तानी दिने तथा लिने सेवा यस प्रणालीबाट सदस्य बैंक तथा वित्तीय संस्थाहरुले गर्न सक्ने बताइन्छ् । उक्त प्रणालीमार्फत तहुने कारोबार पारदर्शी हुने, अधिकतम संख्यामाहुने कारोबारहरु पनि सहजै गर्न सकिने, जोखिम न्यूनिकरण हुने लगायत अन्तर्राष्ट्रिय स्तरको प्रविधिमा आधारित आधुनिक भुक्तानी सेवाहरु समेत ग्राहकलाई प्रदान गर्न सकिने छ । प्रणालीका लागि कम्पनीले ५१ बैंक तथा वित्तीय संस्थाहरु ३ रेमिट कम्पनीसंग सम्झौता गरिसकेको छ र आजको यस सम्झौता पछि नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमा ५५ सदस्यहरु आवद्ध भएका छन्। नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले हाल संचालन गदैं आएकको सेवामार्फत आफ्ना १ सय m२२ सदस्य बैंक तथा वित्तीय संस्थाहरुका २ हजार ६९४ शाखाहरुबाट खिचिएका चेकहरु राफसाफ गराउँदै आएकोमा कम्पनीको उद्देश्य बमोजिम अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली सेवा संचालनमा ल्याउनका लागी आउने दिनहरुमा अन्य बैंक वित्तीय संस्थाहरुलाई पनि यस प्रणालीमा आवद्ध गराएर यस प्रणालीको संजाल निरन्तर रुपमा बढाउँदै लग्ने कम्पनीले लक्ष्य लिएको छ ।










Post a Comment

 
Top