0
गोल्डेन न्यूज संवाददाता
लामो समय नेतृत्व विवादमा अल्झिएको फेवा फेवा विकास बंैकले फेरि नयाँ नेतृत्व पाएको छ । बैंकको अध्यक्षमा विन्दुकुमार थापा संचालक समितिको अध्यक्षमा चयन भएका छन् । उनी पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष समेत हुन् । यसअभि बैंकको अध्यक्षमा रामभमक्त रञ्जित रहेका थिए । बैंकको गत चैत्र मशान्तमा सम्पन्न आठौं बार्षिक साधारण सभाले आगामी चार वर्षको लागि थापासहित संस्थापक शेयर धनीहरुको तर्फबाट रामभक्त रञ्जित, जगनबहादुर गुरुङ, सुशिल गौचन र अमर बहादुर के.सी तथा सर्वसाधारण शेयरधनीहरुको तर्फवाट नारायणबहादुर बानियाँ, रविन्द्र माकाजु र संजिव बानियालाई संचालकमा निर्वाचित गरेको थियो । साथै साधारण सभाले संचालक समितिको आ.व. २०७१÷७२ को वार्षिक प्रतिवेदन पास गर्नुको साथै आर्थिक वर्ष २०७१÷०७२ सम्मको संचित मुनाफावाट चुक्ता पूँजीको २१.९० प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । बोनस शेयर वितरण पश्चात बैंकको कुल चूक्ता पूजी रु ९९ करोड ५० लाख पुगेको छ । साथै उक्त सभाले चूक्ता पूजीको ३० प्रतिशत (१० ः३ को अनुपात) हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि पारित गरेको थियो । फेवा विकास बैंक लिमिटेडले आ.व. २०७२÷७३ को तेश्रो त्रयमास सम्ममा निक्षेप रु. १० अर्ब ६३ करोड कर्जा रु.९ अर्ब ३३ करोड र संचालन मुनाफा करीव रु २६ करोड पु¥याएकोे प्रमुख कार्यकारी अधिकृत रेशमवहादुर थापाले जानकारी दिए । देशको विषम परिस्थितिका वावजूत पनि यस प्रकारको वृद्धिलाई बंैकले सकारात्मक रुपमा लिएको छ । गत आषाढ २८ गतेदेखि पोखराका दुई उत्कृष्ट वित्तीय संस्थाहरु विश्व विकास बंैक लि. र फेवा फाइनान्स लि. एक आपसमा मर्ज भइ राष्ट्रियस्तरको फेवा विकास बंैकको रुपमा कारोवार गर्दे आइरहेको छ । वैकले केन्द्रिय कार्यालय सहित देशका विभिन्न ठाउँहरुमा गरी २७ वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरका विभिन्न निक्षेप योजना, सहज र सरल रुपमा कर्जा योजनाको साथमा एबीबीएस, एसएमएस बैकिङ्ग सेवा, लकर सेवा, सुनधितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा, प्रधान कार्यालय लगायत केही शाखाहरुबाट ३६५ दिन बैकिङ्ग सेवा तथा सन्ध्याकालिन सेवा पनि प्रदान गर्दै आइरहेको छ भने न्यून आय भएका व्यक्तिलाई विपन्न वर्ग कर्जा तथा समूहमा आवद्घ लघु वित्त कर्जा पनि प्रदान गर्दै आएको छ ।
































Post a Comment

 
Top