0
गोल्डेन न्यूज संवाददाता
जिल्ला तेक्वान्डो संघ कास्कीका आयोजनामा दुई दिवसीय तेस्रो कास्की जिल्ला स्तरीय राष्ट्रपति कप जुनियर रनिङ शिल्ड तथा सिनियर तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । संघका अध्यक्ष जगन बहादुर गुरुङ्गको अध्यक्षतामा सम्पन्न समापन समारोहमा बोल्दै प्रमूख अतिथि एवं जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष याम बहादुर गुरुङले कास्की तेक्वान्डो संघका पछिल्ला गतिविधि निकै नै प्रशंसनीय रहेको बताए ।
कुल २१ तौल समूहमा खेलाइएको खेलमा ३२० खेलाडी सहभागी थिए । १२ स्वर्ण, १ रजत र ३ कास्य सहित शहिद स्मृति स्कूलले राष्ट्रपति कप जुनियर रनिङ शिल्डको उपाधि हात पारेको छ भने यासुदा र शुक्रराज तेक्वान्डो डोजाङ क्रमशः दोस्रो र तेस्रो भएका छन् । सिनियर प्रतियोगिता तर्फ बाराही तेक्वान्डो स्कूल प्रथम, पोखरा तेक्वान्दो दोस्रो र शहिद स्मृति तेस्रो स्थानमा रहे ।  प्रतियोगीतामा जुनियर तर्फको वेस्ट फाइटरमा साजन गुरुङ्ग र समिक्षा अर्याल तथा सिनियरतर्फ ईन्द्र हर्मल र संगिता भण्डारी घोषित भए । त्यस्तै, राष्ट्रपति रनिङ्ग सिल्ड तर्फ वेस्ट फाइटरका रुपमा डेभिड श्रेष्ठ र प्रीति सारु मगर घोषित भएका थिए । समापन समारोहमा सभाध्यक्ष, प्रमूख अतिथि ,संधका सल्लाहकार योगेन्द्र बस्नेत ,क्षेत्रिय खेल निर्देशक विद्या मर्सानी, युवा उद्यमी दोर्जे लामा लगायत अतिथिहरुले विजय टीमलाई शिल्ड, ट्रफि, मेडल र प्रमाण पत्र तथा जुरी, रेफ्रि र मेडिकल टीमलाई प्रशंसापत्र वितरण गरेका थिए । प्रशिक्षक सुनबहादुर लामाको संयोजकत्वमा सम्पन्न प्रतियोगिताको संचालन संघका सचिव राजन पौडेलले गरेका थिए ।

Post a Comment

 
Top