0
गोल्डेन न्यूज संवाददाता
कास्कीको रुपाकोट–८ स्थित मोहरियाको प्रचार–प्रसारमा उल्लेखनीय योगदान गरेको भन्दै पत्रकार रुद्रबहादुर थापा र राजन उपाध्यायलाई सम्मान गरिएको् छ । २५६० औं बुद्ध जयन्तीको अवसरमा सिद्धार्थ स्मृति क्लव, रुपाकोटले आयोजना गरेको मोहरिया मेला–२०७३ एवम् भलिबल प्रतियोगिता को अवसरमा सम्मान गरिएको हो । राष्ट्रिय खेलकुद परिषदका सदस्य फक्त बहादुर गुरुङले खादा, प्रमाणपत्र र नगदले सम्मान गरेका हुन् । पत्रकार थापाले मगर भाषाको संरक्षण र प्रचारमा विशेष योगदान पु¥याएको क्लवले जनाएको छ । साथै यस क्षेत्रमा उच्च शिक्षा हासिल गर्ने विभिन्न व्यक्ति, खेलाडी तथा खेलसँग सम्बन्धित व्यक्ति र वृृृद्धवृद्धालाई सम्मान गरियो । कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य फक्त बहादुर गुरुङले खेलले मानिसलाई अनुशासन सिकाउने बताउँदै क्लवले लामो समयदेखि प्रतियोगितालाई निरन्तरता दिएकोमा खुशी व्यक्त गरे । पछिल्लो समयमा नेपालले खेलका माध्यमबाट शक्तिशाली देशलाई समेत पराजति गरि देशको शिर उच्च बनाउन सहयोग पुगेको गुरुङले बताए । क्लवका अध्यक्ष जीतबहादुर थापाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा एचसीथ्रीका कास्की संयोजक विजय ज्ञवाली, सम्मानित व्यक्तिकोतर्फबाट पत्रकार रुद्रबहादुर थापा, नौलो घुम्ती नेपालका रामकुमार सेढाई, एचसीथ्रीकी फिल्ड सुपरभाइजर कविता रावत, साना किसान सहकारी संस्थाका अध्यक्ष क्या. हर्क बहादुर गुरुङ, क्लव सदस्य झलक कुमार गुरुङ, पूर्णबहादुर गुरुङ लगायतले आ–आफ्नो भनाइ राखेका थिए । मेलामा तीन लाख रुपैयाँ आम्दानी र २ लाख २० हजार खर्च हुने आयोजकले अनुमान गरेको छ । मेलाबाट बचेको रकम स्थानीय बालबच्चाहरुको शिक्षाका लागि खर्च गरिने बताइएको छ । वि.स. २०५६ सालमा स्थापित क्लवले रक्तदान, सरसफाई, पर्यटन र खेल पर्यटन प्रवद्र्धनात्मक कार्यक्रमहरु गर्दै आएको छ । मेलामा लोपोन्मुख घाटु नाच, सोरठी लगायतका साँस्कृतिका कार्यक्रमहरु प्रस्तुत गरिने क्लवका अध्यक्ष जितबहादुर थापाले जानकारी दिए । यसैबीच शनिबार भएको उद्घाटन खेलमा आयोजक सिद्धार्थ स्मृति क्लवले ध्रुवतारा युवा क्लवलाई पराजित गरेको छ । ‘खेलकुदद्वारा स्वास्थ्यको सम्वद्र्धन, मेलाद्वारा पर्यटनको प्रवद्र्धन’ भन्ने मुल नाराका साथ आयोजित मेला तीन दिनसम्म चल्ने छ । खुल्ला पुरुष भलिबल प्रतियोगितामा प्रथम हुने समूहले नगद ३० हजार, शिल्ड, मेडल र प्रमाणपत्र, दोस्रो हुनेले नगद २० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने मेला संयोजक जितबहादुर थापाले जानकारी दिए। साथै उत्कृष्ट सटर, लिफ्टर, खेलाडी र अनुशासित समूहलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगितामा २० वटा समूहले भाग लिएका छन् । मेलामा सहभागी हुने पाहुनाहरुको लागि होमस्टेको व्यवस्था समेत गरिएको क्लव सदस्य गुमान गुरुङले बताए ।







Post a Comment

 
Top