0
पोखराको महेन्द्रपुलमा केन्द्रीय कार्यालय भएको गरिमा विकास बैंकले स्याङ्जा जिल्लाको चापाकोटमा आफ्नो २६औं शाखा खोलेको छ । शाखाको सोमबार नेपाल राष्ट्र बैंकका निर्देशक चिरन्जीबी चापागाईले उद्घाटन गरे । शाखा कार्यालय उद्घाटन समारोहको अध्यक्षता विकास बैंकका अध्यक्ष दिलिपप्रताप खाणले गरेका थिए। बैंकले चापाकोट शाखा कार्यालय मार्फत यस क्षेत्रका बासिन्दालाई आधुनिक वित्तीय सेवा प्रवाह गर्नुका साथै यस क्षेत्रको वित्तीय पहुँच अभिवृद्धिका लागि विशेष कार्यक्रमहरु ल्याउने बताएको छ । स्याङ्जाको चापाकोट शाखा कार्यालय बाहेक नेपाल राष्ट्र बैंकबाट स्वीकृत काठमाडांैको गोंगबु शाखा र नवलपरासीको बर्दघाट शाखा शीघ्र संचालनमा ल्याउने बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बताए। गरिमा विकास बैंक लिमिटेड राष्ट्रियस्तरको विकास र्बैंक हो । यो बैंकले हाल २५ शाखा कार्यालयहरु मार्फत वित्तीय सेवा प्रवाह गर्दै आइरहेको थियो । कार्यक्रममा नेपाल राष्ट्रबैंकका निर्देशक चिरन्जीबी चापागाई, चापाकोट नगरपालिकाका प्रमुख गोपी प्रसाद अर्याल, स्थानीय बुृद्धिजिबी रामचन्द्र पंगेनी, सीताराम गैह्रे, महेशचन्द्र भट्टराई, बैंकका अध्यक्ष दिलिपप्रताप खाण, बैंकका संचालक श्याम प्रसाद बस्याल, बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल लगायतले बोलेका थिए ।


















Post a Comment

 
Top