गोल्डेन न्यूज संवाददाता
स्वास्थ्य, बातावरण र पर्यटन प्रबद्र्धनको उद्देश्य लिएको साईकल सिटी पोखराले क्लबका अध्यक्ष प्रकाश बज्राचार्यको अध्यक्षतामा टुर दि पोखरा २०१५ कार्यक्रमको आय–ब्यय सार्वजनिक तथा टुर दि पोखरा २०१६ को तयारी सम्बन्धमा बिशेष कार्यक्रमको आयोजना गरेको थियो । सो कार्यक्रममा टुर दि पोखरा २०१६ का लागि संयोजकमा श्याम कृण्ण श्रेष्ठ चयन गरेको छ भने टुर दि पोखरा २०१५ मा सहयोगी बिभिन्न संघ संस्था एवम महानुभाव हरुलाई मायाको चिनो प्रदान गरिएको थियो । टुर दि पोखरा २०१५ को आम्दानी ४ लाख ९८ हजार २ सय १२ र खर्च ४ लाख ३२ हजार ५५ भई ६६ हजार १ सय ५७ बचत भएको साइकल सिटी पोखराका सहसचिव शंकर भण्डारीले जानकारी गराएका थिए । कार्यक्रममा टुर दि पोखरा २०१५ का संयोजक निरज थापाले साईकल सिटी पोखराले आन्तरिक तथा बाह्रय पर्यटनलाई लक्षित गरि साईकल ¥याली मुटु दिवस उपलक्ष्यमा आयोजना गरिएको र सोचे भन्दा बढिको सहभागिता रहेको साथै यस कार्यक्रमको माध्यमले पोखराको चिनारी बाह्य देश फैलिएको बताए । टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष उज्वल खत्री ले साईकल सिटी पोखराले जुन कार्यक्रम गरेको छ, त्यो अत्यन्त सह्रानीय रहेको र भविष्य पनि अझै सहयोग जारी रहने बताए । बिरौटा क्लवका अध्यक्ष सुर्य बरालले टुर दि पोखरा जसलाई राष्ट्रिय रुपमा लग्नु पर्ने र यसले पोखराको पर्यटनमा थप टेवा दिने बताए । कार्यक्रममा सिद्धी बक्स गणका गणपति उज्वल थापा, शसस्त्र प्रहरी कालिका गण मालेपाटनका शसस्त्र प्रहरी बरिष्ठ उपरिक्षक फणिन्द्र राज पौडेल, टोल बिकास संस्था नगर समन्वय समितिका उपाध्यक्ष उत्तम जोशी, टोल बिकास संस्था महिला नगर समन्वय समितिका अध्यक्ष पवित्रा गुरुङ्ग, टोल बिकाश समन्वय समिति वडा नं. १० का अध्यक्ष सम्मर बहादुर श्रेष्ठ लगायतले आ–आफनो धारणा राखेका थिए । टुर दि पोखरा २०१५ देखि सहकार्य गर्दै आएको जयन्ती स्मृति प्रतिष्ठानले निरन्तर रुपमा २०१६ मा पनि सहकार्य गर्ने सो संस्थाका ब्यवस्थापक आज्ञा खाँडले बताए । सो कार्यक्रम साईकल सिटी पोखराका उपाध्यक्ष महेन्द्र कोईरालाले सञ्चालन गरेका थिए ।
Post a Comment