0
गोल्डेन न्यूज संवाददाता
कुमुदिनी होम्स् उच्च मा.वि.मा अध्ययनरत विद्यार्थीहरुको समूह प्रिफेक्टस् अफ कुमुदिनी होम्स्ले उनीहरुकै अगुवाइमा विद्यालयमा अध्ययन गर्ने विद्यार्थीबारे संकलित शैक्षिक सामाग्रीहरु शुक्रबार विद्यालयको विहानी प्रार्थनाको समयमा हस्तान्तरण गरिएको छ ।
सहारा एकेडेमी दोभिल्ला, हिमालयन प्रा.वि. लप्सीटाकुरा र वाराही प्रा.वि. खाँदरजुङमा अध्ययनरत क्रमशः २६, २३ र २३ गरी जम्मा ७२ जना विद्यार्थीहरुका लागि झण्डै ६ महिनालाई पुग्ने गरी लगभग ३० हजार रुपैयाँ बराबरको शैक्षिक सामाग्री हस्तान्तरण गरिएको कार्यक्रममा सम्बन्धित संस्थाका प्रमुखहरुको उपस्थिति रहेको थियो । सहारा क्लकका अध्यक्ष वीरभद्र आचार्यले उक्त अवसरमा कुमुदिनी होम्सका विद्यार्थीहरुमा रहेको सामाजिक सेवाको भावनाको प्रशंसा गर्दै सक्नेले दिएर नसक्ने तथा विपन्न वर्गका लागि सहयोग गर्दा आनन्द प्राप्त हुने बताए । हिमालय प्रा.वि. लप्सी टाकुराका प्रधानाध्यापक माधव गौतमले आप्mनो विद्यालयको पुनःनिर्माण, विद्यालयसम्म पुग्ने पूलको निर्माण, शैक्षिक सामाग्रीहरुको व्यवस्था लगायतका क्षेत्रमा कुमुदिनी होम्स्ले विगत ३÷४ वर्षदेखि पु¥याउँदै आएको सहयोगले आप्mनो विद्यालयले पूनर्जीवन पाएको धारणा व्यक्त गरे । अत्यन्त विकट ठाउँमा र विपन्न वर्गका विद्यार्थीहरु पढ्ने विद्यालय वाराही प्रा.वि. खाँदरजुङका प्रा.अ. रामप्रसाद आचार्यले शैक्षिक सामाग्रीहरु बुभ्mदै यो सद्भाव र ममता सम्बन्धित विद्यार्थीहरुसम्म पु¥याएर खुशी बाँड्ने धारणा व्यक्त गरे । विद्यालयमा अध्ययनरत विद्यार्थीहरु को समूह प्रिफेक्टस् अफ कुमुदिनीका क्याप्टेन, विद्यार्थीहरुको अगुवाईमा संकलित सामग्रीहरु उनीहरुले नै हस्तान्तरण गरेका थिए भने विद्यालयका प्रमुख व्यवस्थापक अशोक पालिखेले सो को सहजिकरण गरेका थिए । सामाजिक कार्यमा लागि पर्ने दिने विद्यार्थीहरुको अगुवाइमा गत विनासकारी भूकम्पका बेला पनि शिक्षक, विद्यार्थी र विद्यालय परिवारका तर्पmबाट गोरखा र धादिङमा गरी झण्डै दुई लाख १५ हजार रुपैयाँ बराबरको आर्थिक सहयोग जुटाइएको जानकारी प्राप्त भएको छ ।













Post a Comment

 
Top