0
गोल्डेन न्यूज संवाददाता
अनुपम म्युजिक पोखराले विभिन्न बाल गृहमा आश्रित असहाय बाल बालिकाहरुबीचको सामूहिक नृत्य प्रतियोगिता शनिबार पोखरामा सम्पन्न गरेको छ । तेस्रो अनुपम साङ्गीतिक साँझका सन्दर्भमा आयोजित प्रतियोगिताको अडिसन राउन्डबाट उत्कृट ६ समूह छानिएका छन् । कास्की र पाल्पाका गरी १९ बाल गृहको सहभागिता रहेको प्रतियोगिताबाट स्क्यान नेपाल, ड्यामसाइड, हिमालय बाल बालिका तथा वातावरण संरक्षण संस्था, जरेवर, सिर्जना बाल गृह, पोखरा–१७, महतगौँडा, रेन्बो चिल्ड्रेन होम नेपाल, लेकसाइड, हिमाली बाल कल्याण संरक्षण मञ्च, भकुन्डे र कोपिला बाल गृह, बगर, पोखरा उत्कृष्ट ६ मा पर्न सफल भएका छन् । उत्कृष्ट समूहहरुको फाइनल प्रस्तुति अनुपम साङ्गीतिक साँझमा प्रदर्शन गरी पहिलो, दोस्रो र तेस्रो हुनेलाई व्रmमशः १० हजार, ५ हजार र २५ सय रुपैयाँ नगद प्रदान गरिने अनुपम म्युजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारीले जानकारी दिए । यस्तै, सान्त्वना हुने ३ समूहलाई पनि नगदसहित सम्मान गरिने उनले बताए ।
साङ्गीतिक साँझ आयोजक मूल समितिका संयोजक तथा अनुपमका प्रबन्ध निर्देशक अनुराग अधिकारीको अध्यक्षतामा भएको कार्यव्रmममा प्रमुख अतिथि नायक ताराबहादुर गुरुङले नेपाली कला र संस्कृतिको संरक्षणमा सबै मिलेर लाग्नुपर्नेमा जोड दिए । उनले अनुपमको अभियानको प्रशंसा गर्दै यसले कला, साहित्य र संस्कृतिको संरक्षणका लागि गरेको काम अनुकरणीय रहेको बताए । सचिव रुपिन्द्र प्रभावीको स्वागत र प्रचार प्रसार समितिका सदस्य गोविन्द्र सिन्जालीको सञ्चालनमा भएको कार्यव्रmममा बाल गृह सन्जाल कास्कीका अध्यक्ष तथा केन्द्रीय उपाध्यक्ष गोमा ढकाल, केन्द्रीय सचिव विजय प्रधान, मूल आयोजक समितिका सह–संयोजक वीरेन्द्र पालिखे, बाल अधिकार अधिकृत बद्रिप्रसाद वाग्लेलगायतले शुभकामना दिएका थिए । प्रतियोगिताका निर्णायकहरुमा पोखरा कला केन्द्रका प्रबन्ध निर्देशक राहुल थापा र सुस्मिता म्युजिकका सन्चालक राजु गुरुङ रहेका थिए ।
आगामी जेठ १५ गते दिउँसो १ बजे पोखरा उद्योग वाणिज्य सङ्घको सभा हलमा हुने कार्यव्रmममा पोखरा, काठमाडौँ र दार्जिलिङका कलाकारहरुको साङ्गीतिक तथा नृत्य प्रस्तुतिका साथै अनुपम म्युजिक अवार्ड र सम्मान पनि प्रदान गरिने संयोजक अनुराग अधिकारीले जानकारी दिए ।






Post a Comment

 
Top