0
नेपाल निजामती कर्मचारी संगठन कास्कीमा राष्ट्रियस्तरका २ टे«ड युनियनहरु नेपाल राष्ट्र सेवक कर्मचारी संगठन कास्की र नेपाल राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्र कास्कीको एकीकरण भएको छ । यसअघि केन्द्रमा पनि २ संगठनबीच नेपाल निजामती कर्मचारी संगठनमा आबद्ध भैसकेका छन् । आधिकारिक टे«ड युनियनको निर्वाचन जेठ १९ गतेलाई तय भएपछि संगठनको पहलमा २ राष्ट्रियस्तरका टे«ड युनियनले संगठनको पक्षमा मतदान गरी अत्याधिक बहुमतले विजयी बनाउँदै विगतदेखिको सर्वश्रेष्ठता लाई निरन्तरता दिने र आफ्ना हकहितको सुनिश्चित गराउन सक्ने पेसागत क्षेत्रको अग्रणी संगठन नेपाल निजामती कर्मचारी संगठनमात्र रहेको निष्कर्ष सहित संगठनमा समाहित भएको घोषणा गरिएको हो ।संगठन, कास्कीको बुधबार बसेको ३८ औं बैठकबाट एकीकरण भै आएका टे«ड युनियनहरुको अध्यक्षहरु क्रमशः त्रिलोचन गौतम र ध्रुवराज पौडेललाई संगठन उपाध्यक्षमा मनोनयन गरी जिम्मेवारीसमेत दिइएको छ । 
एकीकरण पछि आगामी निर्वाचनमा संगठनको जीत अत्याधिक बहुमतले सुनिश्चित भएको संगठनका जिल्ला सचिव भरत प्रसाद भुसालले दाबी गरे । उक्त बैठकले निर्वाचनमा अत्याधिक बहुमत ल्याउन कास्की जिल्लास्थित कार्यालयमा कार्यरत कर्मचारीहरुमा संगठनको पक्षमा मतदान गर्न प्रचारको लागि थप कार्यक्रमसहित अघि बढ्ने निर्णय गरेको उनले बताए ।
संगठनले आगामी आ.व. २०७३÷०७४ को बजेटमार्फत कर्मचारीको सेवा सुविधामा उल्लेख्य बृद्धि गर्न केन्द्रीय कार्य समिति मार्फत नेपाल सरकारलाई आग्रह गर्ने निर्णय समेत गरेको छ ।







Post a Comment

 
Top