0
गोल्डेन न्यूज संवाददाता
सांसद शारदा पौडेलले व्यवस्थापनमा देखिएको कमजोरीका कारण सरकारी शिक्षा गुणस्तरहीन भएको भएकी छन् । पोखरा–१९ घार्मीमा रहेको महेन्द्र माविको २६औं वार्षिकोत्सवको उद्घाटन गर्दै सांसद पौडेलले सरकारी विद्यालयका शिक्षक सवै कुरामा सक्षम भएपनि त्यसलाई व्यावहारमा उतार्न नसक्दा शैक्षिक प्रणाली खस्किँदै गएको स्पष्ट पारिन्् । उनले विकास निर्माणका क्रममा कास्कीबाट ११ जना सांसद एकजुट भएको बताउँदै विकासमा राजनीति नगर्ने प्रतिवद्धता जनाइन । अर्का सांसद कुमार खडकाले शिक्षा राष्ट्र निर्माणको मूल आधार भएको बताउँदै प्राविधिक शिक्षा विना रोजगारी प्राप्त नहुने बताए । कार्यक्रममा पत्रकारिता मार्फत शैक्षिक क्षेत्रको विकासमा योगदान पु¥याएको भन्दै पत्रकार शिशिर पौडेललाई सम्मान गरिएको छ । पौडेल सहित निवर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शोभामोहन पौडेल, उत्कृष्ट शिक्षकमा कमला पौडेल, अभिभावकमा भिम बहादुर विक र सरस्वती विद्याश्रमलाई कार्यक्रमका प्रमुख अतिथि पौडेल, बाबा फाउन्डेशनका अध्यक्ष दिलिपराज श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धु्रव पौडेल र प्रधानाध्यापक बासुदेव पौडेलले सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए । 
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धु्रव पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शोभामोहन पौडेल, बाबा फाउन्डेशनका अध्यक्ष दीलिप श्रेष्ठ, शिक्षक शिवहरी अधिकारी, नन्दराज दाहाल, सूर्यराज घिमिरे लगायतले सरकारी शिक्षाका बारेमा बोलेका थिए ।

Post a Comment

 
Top