0
गोल्डेन न्यूज संवाददाता
साहित्यकार प्रकाश त्रिपाठी विवशद्वारा लिखित दोस्रो कृति स्रङगहका रुपमा सिर्जित ‘फूलबारी’ गजल सङग्रहको शनिबार एक कार्यक्रमका बीच विमोचन गरिएको छ । हेमजा साहित्य प्रतिष्ठान द्वारा २५६०औं बुद्धजयन्तीको सन्दर्भ तथा १५७आंै शुभप्रभात काव्यमालाको अवसरमा उक्त कृतिको लोकापर्ण गरिएको हो । कृतिको गजलकार दीपक समीपले लोकापर्ण गरेका हुन् । सो अवसरमा बोल्दै समीपले स्रष्टाले आफनो सिर्जना प्रकाशित गर्नु नै ठूलो कुरा रहेको उल्लेख गर्दे स्रष्टाको लागि कृति सन्तान हुने बताए । उनले कुनैपनि सङ्ग्रह वा कृति कमजोरी विहीन नहुने भन्दै पाठक ले बुझने तरिका फरक हुने बताए । एउटा उपन्यास र कथाले भन्ने कुराहरु गजलको एउटा शेर ले व्यक्त गर्ने समीपको भनाई छ ।  गजलकार समीपले कुनै पनि कृति सिर्जना गर्नुपूर्व त्योसँग सम्बन्धित अध्ययनहरु यथेष्ट मात्रामा गर्नुपर्नेमा जोड दिए । 
कार्यक्रममा बोल्दै कृति समीक्षक नेपाल लेखक संघ कास्कीका अध्यक्ष गणेश शर्माले स्रष्टाले कृति रचना संख्या धेरै देखाएर मात्र कृति बलियो नहुने भन्दै रचनाको बास्तविकता गुणात्मकता र मौलिकतामा जोड दिनुपर्ने बताए । शर्माले बल जफती गरेर रचना गर्नु भन्दा पनि गजलका लागि रदिफ काफिया मिलाएर गजलको नियम पु¥याउनु पर्नेमा जोड दिए । कृतिमा १ सय १ वटा गजलहरु समावेश गरिएका छन् । प्रायः ५ देखि ७ शेरमा गजल लेखिएका छन्। दुई भागमा विभाजन गरिएको सङग्रहमा भाग १ मा श्रृङ्गारिक र भाग २ मा समसामयिक विषयबस्तु समेटिएका गजलहरु रहेका छन् । 
हेमजा साहित्य प्रतिष्ठानले प्रकाशन गरेको गजल सङ्ग्रहमा पहिलो प्रकाशनमा १ हजार १ प्रति प्रकाशन भएको छ । कार्यक्रममा १ सय ५७औ शुभप्रभात काव्यमाला अन्तर्गत  गजलकार बसन्त विनोद, विष्णु बाँस्तोला, कृष्ण प्रसाद पौडेल, देवेन्द्र पुन मगर, दर्शन छत्याल, सञ्चीत पन्त, गंगा त्रिपाठी, सूर्यराज त्रिपाठी सिर्जना गायक, सुनिल गायक, लालबहादुर गायक लगायतले आ–आफनो प्रस्तुति राखेका थिए । हेमजा साहित्य प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद पौडेलको अध्यक्षतमा सम्पन्न कार्यक्रममा, समाजसेवी मधुसुदन त्रिपाठीले भगवान गौतम बुद्धको बुद्धत्व, विद्यालय निरीक्षक बसन्तराज पौडेलले स्रष्टाको परिचय, कृतिकार प्रकाश त्रिपाठी विवश,  नेकपा एमाले वडा नं २७ का अध्यक्ष मीन बहादुर थापा, नेपाली काँगे्रस वडा नं २७ अध्यक्ष दान बहादुर थापा, प्रतिष्ठान निवर्तमान अध्यक्ष देवी त्रिपाठी, साहित्यकार विष्णु बाँस्तोला, कल्याण पन्त, विष्णु पादुका माध्यामिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष ज्ञानु बहादुर थापा लगायतले बोलेका थिए । प्रतिष्ठानका सदस्य भरतचन्द्र गौतमले स्वागत र  सञ्चालन सदस्य इमनाथ पौडेलले गरेका थिए ।




Post a Comment

 
Top