0
गोल्डेन न्यूज संवाददाता
कास्कीको लेखनाथस्थित शिशुवामा १३ वर्षदेखि निरन्तर सञ्चालनमा छ ओम कामना कम्प्युटर इन्स्टिच्युट । लेखनाथ क्षेत्रको सबैभन्दा पुरानो कम्प्युटर इन्स्टिच्युट भएकाले ओम कामनामा विद्यार्थीको आकर्षण बढेको सञ्चालक चन्द्रमणि गौतमले बताए । ‘पारिवारिक वातावरणमा विद्यार्थीलाई कम्प्युटर शिक्षा प्रदान गर्न हामी सफल छौं,’ गौतमले भने, ‘लेखनाथ तथा आसपासका गाविसका विद्यार्थीको पहिलो रोजाई बन्न सफल भएको हाम्रो कम्प्युटर इन्स्च्यिुट ।’ कम्प्युटर एशोसिएसन महासंघ कास्कीबाट मान्यता प्राप्त ओम कामनामा दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा शिक्षा प्रदान गरिने गौतमले जानकारी दिए । ‘लोडसेडिङको समयमा पनि कुनै समस्या छैन,’ उनले भने । लेखनाथका साथै रुपाकोट, देउराली, माझठना, हंसपुर, लमजुङको करापुटार तथा तनहुँका विभिन्न गाविसबाट कम्प्युटर शिक्षाका लागि विद्यार्थी आउने गरेको उनले बताए । कम्प्युटरका विभिन्न कोर्षहरुमा गुणस्तरीयताका साथै प्रभावकारी शिक्षा प्रदान गरिने गौतमले बताए । ‘कोर्ष पुरा भएपछि अनलाइन परीक्षा दिन लगाई क्यानबाट मार्क्सिट उपलब्ध गराउँछौं,’ उनले भने, ‘सैद्धान्तिक भन्दा प्रयोगात्मक विषयलाई बढी प्राथमिकता दिन्छौं।’ क्यान कास्कीबाट प्रकाशित आइटी विज्ञहरुद्वारा निर्माण गरिएको पाठ्यक्रम र पाठ्यपुस्तकको माध्यमबाट शिक्षा प्रदान गरिने उनले बताए ।
यसैबीच, ओम कामनाले निःशुल्क कम्प्युटर तथा मोबाइल सर्भिस क्याम्प सम्पन्न गरेको छ । उक्त क्याम्पबाट ४० जना लाभान्वित भएको गौतमले जानकारी दिए ।




Post a Comment

 
Top