0
गोल्डेन न्यूज संवाददाता
राप्रपा नेपाल कास्कीले कास्की जिल्लाको क्षेत्र नं. ३ अन्तर्गत पोखरा २४ कृस्तिमा भेला सम्पन्न भयो। कार्यक्रममा बोल्दै भेलाका प्रमुख अतिथि बरिष्ठ केन्द्रीय सदस्य, सेती महाकाली संयोजक तथा आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानका नवनियुक्त उपाध्यक्ष चन्द्र बहादुर गुरुङले राष्ट्रवादी कित्तामा पार्टी प्रवेशको लहर बढेको बताउँदै जनताका सुख दुःखलाई साथ लिएर राष्ट्रवादी शक्तिलाई अगाडि बढाउन आम कार्यकर्ताहरु जुझारु रुपले अगाडि बढ्नुपर्ने बताए । उनले विषम परिस्थतिमा गुज्रिरहेको राष्ट्रलाई अब राप्रपा नेपालले मात्रै सुदृढीकरण गरी अगाडि बढाउनेमा शंका नगर्न आम कार्यकर्ताहरुमा आग्रह गरे । कार्यक्रममा केन्द्रीय सदस्य तथा धौलागिरी संयोजक कुल बहादुर गुरुङ्ग कुलुले हिन्दु राष्ट्र कायम गर्न लागिपर्ने बताए । जिल्ला अध्यक्ष जयलाल पुनले राष्ट्र बचाउने सवालमा राप्रपा नेपाल एकमात्र पार्टी भएको दावी गर्दै सत्ता प्राप्तिको लागि विदेशी प्रभुहरुसँग झुक्न नहुनेमा जोड दिए । कार्यक्रममा युवक संगठनका उपाध्यक्ष नारायण गुरुङ, वडा इकाई उपाध्यक्ष लालबहादुर थापा, धनबहादुर कार्की, लगायत नेता तथा कार्यकर्ताले हिन्दु राष्ट्र बचाउन जोडदार माग गरे । सोही अवसरमा राप्रपा कृस्तिका अध्यक्ष धनबहादुर कार्कीले पार्टी परित्याग गरी राप्रपा नेपालमा प्रवेश गरेकोमा राप्रपा नेपालको पार्टी सदस्यता प्रमुख अतिथि गुरुङ्गले प्रदान गरेका थिए । 
यसैगरी धनबहादुर कार्कीकै अध्यक्षतामा २३ सदस्यीय राप्रपा नेपाल वडा कमिटी २३ कृस्ति गठन गरिएको छ । इकाई उपाध्यक्षहरुमा लालबहादुर थापा, खिमबहादुर ठकुरी, कृष्ण बहादुर थाप, सचिवमा गुमानसिंह कुँवर, सहसचिवहरुमा मुक्ति कुँवर, समुन्द्र पौडेल, कोषाध्यक्षमा रीता ठकुरी लगायत २३ सदस्यमा चयन भएका छन् । सोही अवसरमा सुशिल कार्कीको अध्यक्षतामा २५ सदस्यीय राष्ट्रिय युवा मोर्चा नेपाल कृस्ति समेत गठन भएको छ । इकाई अध्यक्ष धनबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव गुमानसिंह कुँवरले गनगरेका थिए । 
यता,  राप्रपा नेपालका बरिष्ठ केन्द्रीय सदस्य तथा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका नवनियुक्त उपाध्यक्ष चन्द्र बहादुर गुरुङ्गले घाँटी रेटेपनि हामी आफ्नो एजेण्डामा अडिग रहेको बताएका छन् । पुन समाज नेपाल कास्की पोखरा नगर समितिले शुक्रबार आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उक्त कुरा बताएका हुन् । राप्रपा नेपालले बोलेर होइन गरेर देखाउने पार्टी भएको हुँदा पुन समाजलाई सूचिकृत गराई आफ्नो अस्तित्व राख्न आफू सधैं लडिरहने बताए ।        कार्यक्रममा पूर्वमन्त्री उत्तम बहादुर पुन, राप्रपा नेपालका जिल्ला अध्यक्ष तथा पुन समाज नेपालका केन्द्रीय सदस्य जयलाल पुन, शेर बहादुर गुरुङ, क्या.रविन्द्र गर्बुजा पुन लगायतले पुन समाजलाई एकीकृत गराई राज्यमा पहुँच हुने गरी आफ्नो स्थान राख्न आग्रह गरेका थिए । पोखरा नगर समिति अध्यक्ष क्या.रविन्द्र पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव चन्द्र प्रकाश पुनले संचालन गरेका थिए ।

Post a Comment

 
Top