0
गोल्डेन न्यूज संवाददाता
जापानको ब्राण्ड भारत तथा थाईल्याण्डमा उत्पादन भएको निसान गाडीकोे पोखरामा बिहीबार देखि एक्सचेन्ज अफर सुरु भएको छ । निसान गाडीको पोखरा क्षेत्रको आधिकारीक विक्रेता पोखरा नयाँबजारमा रहेको विश्वकर्मा अटो मार्टले शनिबारसम्मको लागि गाडीका उपभोक्ताहरुलाइ लक्षित गरी एक्सचेन्ज (साटफेर) अफर ल्याएको हो। एक्सचेन्ज अफरमा कुनै पनि पुराना चार पाङग्रे सवारी साधनको उचित मूल्य दिइ निसानका कम्पनीका विभिन्न मोडलका गाडीहरु उपलब्ध गराइएको विश्वकर्मा अटो मार्टका प्रवन्ध निर्देशक शिव श्रेष्ठले बताए । पोखरा बजारमा एक दशक देखि निसान कम्पनीका गाडीहरु विक्रि गर्दै आएको उक्त मार्टले चल्ने कुनै पनि चार पाङग्रे सवारी साधनहरुको उचित मुल्य सहित नयाँ गाडी किन्दा विशेष छुट दिने भएको श्रेष्ठले जनाए । निसान माक्रा ३ मोडलमा बजारमा उपलब्ध गराएको छ भने निसान सन्नी, निसान नभारा, निसान उर्भान, निसान याक्स ट्रायल, निसान पट्रोल लगायतका मोडलका गाडीहरु पोखराको बजारमा मार्टले उपलब्ध गराएको हो । न्यूनतम २८ लाख ५० हजार मुल्य देखि एक करोड ५० लाख मुल्य बराबरका अत्याधुनिक सुविधा सम्पन्न आरामदायि गाडीहरु बजारमा ल्याएको प्रवन्ध निर्देशक श्रेष्ठले दाबी गरे । एक्सचेन्ज अफरमा प्रति गाडी किन्दा २ लाख भन्दा बढी छुट समेत दिने भएको उनले जनाए । उनले भने–‘यसमा ठूला मोडलका गाडीमा अझ बढी छुट दिन सकिन्छ, एबी एस, ईबिडी, बिए, एयर व्याग लगायतका सुविधा भएकोले पोखरा क्षेत्रका उपभोक्ताहरुको यस गाडीले मन जित्दै आएको छ ।’ उक्त गाडी किन्दा ४ पटक फ्रि सर्र्भििसङ हुन्छ भने यस गाडीका पार्टसहरु सर्वसुलध रुपमा उपलब्ध हुने भएको श्रेष्ठले जनाए । व्यक्तिगत तथा घरयासी प्रयोजनको लागि अति सुविधा सम्पन्न निसानका गाडीहरु नेपाली बजारमा हाल २० देखि २५ प्रतिशत जसो बजार ओगटेको डुगर ब्रोदर्श एण्ड सन्सका सहायक महाप्रवन्धक शम्भु सुवेदीले बताए । उक्त गाडी सुरक्षाको दृष्टिले अन्य गाडी भन्दा अब्बल रहेको कम्पनीको दाबी छ । निसानका साना गाडीहरुले प्रतिलिटर २० किलोमिटरसम्म माईलेज दिने उनले बताए । यस उक्सचेन्ज अफरमा कम्तीमा १५ वटा गाडीहरु साटफेर तथा विक्री गर्ने लक्ष्यका साथ कार्यक्रम आयोजना गरीएको सुवेदीले जनाए ।

Post a Comment

 
Top