0
गोल्डेन न्यूज संवाददाता
सामाजिक जागरणका लागि नारि अभियानको अगुवाई तथा विभिन्न संघ–संस्थाको समन्वयमा शान्तिघाटमा सरसफाई कार्यक्रम तथा सरोकार निकायलाई ध्यानाकर्षण कार्यक्रम शनिवार सम्पन्न भएको छ । टोल विकास संस्था समन्य समिति वडा नं ९ को स्थानीय समन्वय तथा  सामुदायिक प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नागरिक समाजदेखि आमा समूह, स्थानीय संघ–संस्था, स्थानीय निकाय, मजदुर लगायतको उपस्थिति तथा सक्रियतामा कार्यक्रम सम्पन्न भएको हो । सामाजिक जागरणका लागि नारी अभियानको अभियन्ता सुष्मा पौडेलले जीर्ण तथा धरापमा अवस्थामा रहेको घाटको पुनःनिर्माण तथा सरसफाईका लागि पहिलो चरणको ध्यानाकर्षण कार्यक्रम आयोजना गरिएको बताइन् । नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य समेत रहेकी पौडेलले सरोकारवालाहरुलाई ध्यानाकर्णण गराउँदै कार्यक्रमहरु लाई समेत केन्द्रीय सदस्य भन्दै सहभागी सबैलाई धन्यवाद ज्ञापन गरिन् । सरोकार निकायका तर्फतर्फबाट बोल्दै  क्षेत्रीय प्रशासक शंकर प्रसाद कोइरालाले पुनः निर्माणका लागि पहल गर्ने र आफूले सरोकारवालालाई राखेर छिटो पुनःनिर्माण गर्न अनुरोध गर्ने समेत प्रतिवद्धता जाहेर गरे । सरसफाई कार्यक्रममा सक्रिय सहभागिता जनाएका कोइरालाले मैले मेरो घर वरिपरि फोहर मैला फाल्ने छैन र नदी किनारमा फोहर गर्ने छैन भन्ने प्रतिवद्धता जाहेर गर्न लगाउँदै सबै मिलेर यस अभियानलाई सफल बनाउनुपर्नेमा जोड दिए । सबै नागरिक समाज तथा समन्वय संस्थाकोतर्फवाट स्वागत गर्दै टोल विकास संस्था समन्वय समिति वडा नं ९ का अध्यक्ष उत्तम जोशीले आगामी दिनमा समेत सबै मिलेर बृहत् सरसफाई कार्यक्रम आयोजना गरिने बताए । कार्यक्रममा अधिकारकर्मीदेखि आमा समूह, टोल विकास संस्था, राजनीतिक दलका प्रतिनिधि, टोल विकास संस्था, नागरिक समाज, स्थानीय व्यक्ति, प्रशासनिक निकाय, नगरपालिका, आध्यात्मिक तथा मानसिक परामर्श अभियान, युवा क्लव, मजदुर समूह, आध्यात्मिक संस्था लगायत विभिन्न क्षेत्रको प्रतिनिधित्व रहेको थियो । कार्यक्रममा सहभागीहरुले घाटको छेउमा लाश समेत जलाउन नमिल्ने गरी गरिएको नदी कटानप्रति दुःख व्यक्त गर्दै सम्वन्धित सरोकार वालाहरुले डोजर लगाएर नदीलाई छेउ लगाउनु पर्ने, संरचनाको पुन निर्माण गर्नुपर्ने, गण्डकीमा वाँध स्थापना गर्न पहल गर्नुपर्ने, सरसफाई गर्नुपर्ने, स्थानीय निकायले गुरुयोजना तैयार गर्नुपर्ने, स्थानीय नागरिकहरुले समेत चासो दिनुपर्ने लगायतका कुराहरुमा ध्यानाकर्षण गराएका थिए । कार्यक्रममा धराप अवस्थामा रहेको सिंढीलाई सशस्त्र प्रहरी कालिका गण, नेपाल प्रहरी क्षेत्रीय गण, सामुदायिक प्रहरी, युवा क्लव लगायतले बालुवाको बोराको वैकल्पिक सिंढी निर्माण गरेका थिए साथै सहभागी सबैले घाट तथा वरिपरिको सरसफाई समेत गरेका थिए ।







Post a Comment

 
Top