0
गोल्डेन न्यूज संवाददाता
आर्थिक अवस्था कमजोर भई उपचार गर्न असमर्थ दाङसिङ गाविस वडा नं. २ निवासी जण्डिस रोग पीडित सीता गुरुङलाई उपचाका लागि नेपाल जुनियर रेडक्रस सर्कल उमा मावि दाङसिङ–२ को सक्रियतामा २३ हजार रकम संकलन गरी पीडितलाई शनिबार प्रदान गरेको छ । विगत केही समय देखि जण्डिस रोग पीडित भई गण्डकी अस्पताल मेडिकल वार्डमा उपचारार्थ भर्ना भएका गुरुङलाई उमा मावि विद्यालयका शिक्षक कर्मचारीबाट रु. छ हजार पाँच सय २५, दाङसिङ स्वास्थ्य चौकी कर्मचारीबाट १ हजार ६ सय, दाङसिङ महिला स्वास्थ्य स्वयमसेविका बाट आठ सय र दाङसिङ, मोहरिया र फुलिवाङको घरदैलो कार्यक्रमबाट रु. १४ हजार ७५ रुपैया संकलन गरी नेजुरेसका शिक्षक नायक बासुदेव तिम्सिना मार्फत प्रदान गरिएको थियो ।  नेपाल जुनियर रेडक्रस सर्कल उमा मावि दाङसिङले विगतमा पनि प्राकृतिक विपत्तिमा परेकाहरू, आर्थिक अवस्था कमजोर भई उपचार गर्न नसकेकाहरूलाई खाद्यान्न, लत्ताकपडा, आर्थिक सहयोग गरिनुका साथै वातावरण सरसफाई, स्वास्थ्य जनचेतना जगाउने, नेतृत्व विकास कार्यक्रम र प्राथमिक उपचार कार्यक्रम संचालन गर्दै आईरहेको र आगामी दिनमा पनि यस्तै सामाजिक क्रियाकलापहरूमा सक्रिय सहभागिता जनाउँदै आउने शिक्षक नायक तिम्सिनाले बताए ।


Post a Comment

 
Top