0
गोल्डेन न्यूज संवाददाता
विश्व दूरसञ्चार तथा सूचना  दिवस पोखरामा पनि मनाईएको छ। सूचना समाज पोखराले पहिलो पटक यो दिवस मनाएको हो। दिवसको अवसरमा आयोजित  ‘सूचनाको हक सबैको सरोकार’ बिषयक अन्तक्र्रिया कार्यक्रममा  सहभागीहरुले सूचना प्राप्त गर्ने प्रावधान झञ्झटिलो भएका कारण सूचना माग्नेहरुको संख्यामा बृद्धि नभएको बताए । सूचना माग गर्नुपर्छ भन्ने कुरा पनि थाहा नभएको र थाहा पाएकाहरुले पनि झन्झटिलो व्यवस्थाका कारण माग नगर्ने बरु अनौपचारिकरुपमा जानकारी लिन खोज्ने परिपाटी बढ्दै गएको सहभागीहरुले बताएका थिए । कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले औपचारिक रुपमा भन्दा अनौपचारिक रुपमा सूचना माग्ने परिपाटी भएकोले सूचना माग्नेहरुको तथ्याङ्कमा बृद्धि नभएको स्पष्ट पारे । सूचना पाईहाले पनि निवेदनको झन्झटमा पस्न नचाहेका कारण तथ्याङ्कमा बृद्धि नभएपनि सूचना माग्ने र थाहा पाउने परिमाणमा भने सुधार आएको उनले बताए। सन्तोषजनक अवस्था नभएपनि अवस्थामा सुधार आउँदै जानुलाई सकारात्मक रुपमा लिनुपर्ने उनले जोड दिए । कास्कीका स्थानीय विकास अधिकारी दामोदर भण्डारीले कानूनमा नै सूचना छैन र दिन्न भन्न नपाउने प्रावधान भएकोले कुनै पनि नागरिकले चाहे अनुसार सूचना पाउने बताए । सरकारी र कुनै पनि सार्वजनिक सरोकारको बिषयमा जनताले थाहा पाउनुपर्ने अधिकार नै भएकोमा नागरिक आन्फैले चासो राख्न सक्नुपर्ने भण्डारीको भनाई थियो । पोखरा उप–महानगरपालिका कार्यलयका निमिक्त कार्यकारी अधिकृत ओमराज पौडेल नगरपालिकामा सूचना लिन कुनै झन्भट नरहेको स्पष्ट पारे । हामी कानूनले तोकेको समय अवधि भन्दा अगावै नै सूचना दिने गरेको उनले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक गज्जुसिद्ध बर्जाचार्यले आफूहरुले दैनिकरुपमा सूचना सार्वजनिक गरिरहेको बताए । अहिले दैनिक रुपमा सूचना दिने काम आफूहरुले गरिरहेको र हरेक बिषयमा मिडियामा सार्वजनिक गर्ने कुरामा कुनै ढिला नगर्ने उनको भनाई थियो । राष्ट्रिय मानव अधिकार आयोग पश्चिमाञ्चल प्रमुख सम्झना शर्माले आयोगले पनि सूचनालाई प्रभावकारी बनाउन बिभिन्न समयमा वकालत गर्दे आएको बताईन । आफूहरुको काम नै जनतालाई जानकारी दिने नै भएकाले सूचना प्रवाहमा कुनै कमि हुन नदिने उनको भनाई थियो । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले सूचना लिनका लागि दिईने निवेदन भन्दा पहिला अनौपचारिक रुपमा जानकारी पाउन सक्ने भएकाले निवेदन लेखेर सूचना लिने अभ्यास नगरिएको बताए । अहिलेको प्रावधान आफैमा झन्झटिलो र सूचना नदिने नियत तर्फ उद्धत रहेको ज्ञवालीले बताए। अधिवक्ता सुरेन्द्र थापामगरले सूचना शक्ति भएकाले शक्ति पाउनका लागि आफै लाग्न पर्ने बताए । कार्यपत्र प्रस्तुत गर्दे थापामगरले सूचना पत्रकारका लागि मात्र चाहिन्छ भन्ने कुरा गलत भएको बताए । सूचना अब जन्मिएपछि चाहिन्छ भन्ने कुराको जानकारी समुदायमा पु¥याउन जरुरी भएको उनले बताए । समाजका अध्यक्ष दीपक आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा कास्की जिल्लामा रहेका बिभिन्न सरकारी कार्यालयका सूचना अधिकारीहरुको उपस्थिति रहेको थियो ।








Post a Comment

 
Top