गोल्डेन न्यूज संवाददाता
लोक दोहोरी गायक सुरज लामिछानेको चौथोे एल्बम ‘बाडुल्की लाईरनी’ बजारमा आएको छ । सुरज लामिछाने र भविकला घर्ती मगरको आवाज रहेको यो एल्बम समावेश गीतको शब्द सिर्जना रमेश विजीको हो । लय संकलन भने लामिछानेलेनै गरेका हुन् । ‘अर्को मंसिर आउंछ सानु यो साल गएपनि, तिमी मेरो म तिम्रै हो जहिले भएपनि, मायाले सम्झेर होकी बाडुल्की लाईरनी नरोकी’ गीत नाच्न मिल्ने खालको भएको लामिछाने बताउँछन् । गीत रिलिज गरे सँगै पाएको दर्शक श्रोताको मायाले उत्साहित भएको उनले बताए । हमाल म्युजिक प्रा.लि.ले बजारमा ल्याएको एल्बमको गीत सँगै भिडियो समेत सार्वजनिक गरिएको छ । शंकर विसिले निर्देशन गरेको भिडियोमा बाबुकृष्ण परियार, वविता गुरुङ, नसुरदिन मिया र रोजी तामाङको अभिनय रहेको छ । काठमाडांैमा छायाँकन गरिएको भिडियोले दर्शक श्रोताको मन जित्नेमा गायक लामिछाने विश्वस्त छन्। औपचारिक रुपमा वि.स. २०६९ सालमा ‘चाहेर काल आउँदो रहेनछ’ बोलको गीत रेर्कड गरी नेपाली साँगीतिक फाँटमा लामिछानेले डेब्यु गरेका थिए । उनले एकल आवाज भरेको यस गीतमा शब्द र लय संकलनमा केशव घिमिरेले साथ दिएका थिए । भिडियो समेत उत्कृष्ट बनेको यस गीतले दर्शक श्रोतामाझ उनलाई परिचित गराएको थियो । वि.स.२०७० मा तीजको एल्बम ‘खुशी हुँदै–हुँदै, बजारमा ल्याए । अघिल्लो वर्ष ‘भेटिएन कतै’ एल्बम बजारमा उनले ल्याएका थिए । सम्झना मगर र लामिछानेको आवाजमा रहेको यो गीत मार्फत पनि दर्शक श्रोताको माया बटुल्न सफल भए । अब छिट्टै स्टेज कार्यक्रमलाई लक्षित गरेर नयाँ गीत बजारमा लयाउने तयारी गरेको उनले जनाएका छन् ।
Post a Comment