0
नागरिक संवाद केन्द गण्डकी पोखराको आयोजनामा मनाङ जिल्लाको तार्चे बगरछाप, चामे र भ्राका गरि तीन गा.वि.स.को सभाहलमा सबिधानमा भएका व्यवस्थाहरुको बारेमा गा.वि.स.का राजनीतिक दलका प्रमुख तथा प्रतिनीधीहरु, सरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरु, नागरिक समाजका प्रमुख तथा प्रतिनिधिहरु को बीचमा अन्तत्र्रिmयात्मक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सहभागी वक्ताहरुले संविधान जारी भएपनि मनाङ जिल्ला दुर्गम भएकोले पहिलो पटक यस्तो कार्यक्रम सम्पन्न भएकोमा खुशी ब्यक्त गरेका छन् । नागरिक संवाद केन्द्र, गण्डकी, पोखराका प्रमुख अधिवक्ता जुना कुमारी गुरुङले नागरिक संवाद केन्द्रको अभियानका साथै नेपालको संबिधानमा व्यवस्था भएका नागरिकता, मौलिक हक, संघीय संरचना र निर्वाचन सम्बन्धी व्यवस्थाको बारेमा सहजीकरण गरेकी थिइन । कार्यक्रममा जिल्ला सरकारी न्यायाधिवक्ता दिनेश रेग्मीले कानुनको अनभिज्ञता क्षम्य नहुने भएकोले कानूनको बारेमा जान्न सबैलाई आग्रह गर्नुको साथै कानुन सम्बन्धि जुनसुकै विषयमा जुनसुकै बेला पनि छलफल गर्न सकिने प्रतिबद्धता जनाए। मनाङ जिल्ला अदालतका निमित्त श्रेष्तेदार युवराज ढकालले मनाङ जस्तो दुर्गम जिल्लामा पनि संविधान सम्बन्धी कार्यक्रम ल्याएर मनाङबासीहरुलाई सचेत गराएका थिए । कार्यक्रममा तार्चे बगरछाप गा.वि.स. का एमावोवादीको जिल्ला सदस्य पेम्बा लामा, कर्र्मी गुरुङ, नेपाली कांग्रेसका पासाङ लामा, प्रकाश उच्च मा.वि.का शिक्षक पदमराज पन्थी, गा.वि.स. सचिव मोतीलाल ढकाल, चामे गा.वि.स.का सचिव नीलकण्ठ पौडेल, घ्यारु गा.वि.स.का सचिव रामप्रसाद तिवारी, नेपाली कांग्रेस चामेका उप–सभापति यज्ञप्रसाद घले, चामे तमु समाजका अध्यक्ष मनमाया घले, भ्राका गा.वि.स. का समाजसेवी कर्म छिरिङ गुरुङ लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।


Post a Comment

 
Top