0
आन्दोलनमा उत्रिएको संघीय गठबन्धनले शुक्रवार सरकारी कार्यालयमा कालो झण्डा गाड्ने र कालो झण्डा प्रदर्शन गरेको छ । आन्दोलनको कार्यक्रम अन्तर्गत कास्कीका विभिन्न कार्यालयमा विरोध स्वरुप कालो झण्डा गाड्ने र जिल्ला प्रशासन कार्यालय अगाडि नाराबाजीका साथ कालो झण्डा प्रदर्शन सम्पन्न गरेको छ । जारी गरिएको संविधानमा असमहति जनाउँदै, पहिचान र अधिकार सुनिश्चितताका लागि आन्दोलनको क्रममा पोखरामा रहेको पश्चिमाञ्चल क्षेत्रीय प्रसासन कार्यालय, मालपोत कार्यालय, पोखरा उपमहानगरपालिका, जिल्ला शिक्षा, जिल्ला बन, जिल्ला जनस्वास्थ्य कार्यलय लगायत वडा कार्यालयहरुमा कालो झण्डा गाडिएको तमुवान संयुक्त संघर्ष समितिका सचिव गजेन्द्र लिम्बुले जानकारी दिए । कार्यालयहरुमा झण्डा गाडे पश्चात जिल्ला प्रसासन कार्यालय अगाडि तमुवान प्रदेश घोषणा गर, कालो संविधान मान्दैनांै, पहिचान सहितको अधिकार सुनिश्चित गर, कालोबजारी बन्द गर, कृत्रिम अभाव अन्त्य गर लगायतका नाराका साथ कालो झण्डा प्रदर्शन गरिएको थियो । कार्यक्रममा तमुवान संयुक्त संघर्ष समितिका संयोजक हुमबहादुर तमुले सम्बोधन गर्दै संघीय गठबन्धनको २६ बुँदे माग तत्काल सुनुवाई नगरे जेठ १ गतेदेखि सिंहदरवार ठप्प पार्ने चेतावनी दिए । यसरी नै आन्दोलनरत गठबन्धनले बैशाख १९ गते मे दिवस मनाउने भएको छ । कास्कीमा विश्वका श्रमजिवी मजदुरहरुको हकहिक र अधिकारको पक्षमा ऐक्यवद्धा जाहेर गर्दै तमु ह्युलाचोकमा सरसफाई र कोणसभा आयोजना गर्ने संघीय गठबन्धन कास्कीले जनाएको छ भने बैशाख २३ गते पोखरामा सभा र जेठ १ गते काठमाडौं जाऔं सिंहदरबार घेरौं अभियानमा बृहत सहभागिता जनाउने तयारीमा जुटेको संघीय समाजवादी फोरम कास्कीका अध्यक्ष दीपक तामांगले जानकारी दिए ।





























Post a Comment

 
Top