0
गोल्डेन न्यूज संवाददाता
मदन भण्डारीको १३औं स्मृति दिवसको अवसरमा मदनभण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा सोमबारदेखि पोखरा रगंशालामा  कास्की जिल्लास्तरीय अन्तर विद्यालय छात्रा÷छात्र ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन नेकपा एमालेका पोलिटब्यूरो बैकल्पिक सदस्य जगत विश्वकर्माले उद्घाटन गरे । उनले मदनभण्डारीलाई चिरस्थायी बनाउन खेलकुद प्रतियोगिता आयोजना हुनु राम्रो भएको बताउदै भण्डारीका सपना पुरा गर्न सवै एक भएर लाग्नुपर्ने बताए । एमाले कास्कीका सचिव दामोदर बैरागीले विद्यालयस्तरबाटै खेलकुदको विकास गर्न यस्ता प्रतियोगिताले सहयोग पुग्ने बताए । कार्यक्रममा मदनभण्डारी स्पोर्टस एकेडेमीका केन्द्रीय सदस्यहरु राजेश गुरुङ र विष्णुबहादुर केसीले मदनभण्डारीको विचार वर्तमान अवस्थामा पनि सान्र्दभिक रहेको बताए । उद्घाटन कार्यक्रम मदनभण्डारी एकेडेमी कास्कीका अध्यक्ष ऋर्षि गौतमको अध्यक्षतामा भएको थियो भने संचालन सचिव कृष्ण तिमिल्सिनाले गरेका थिए ।मंगलबारसम्म चल्ने प्रतियोगितामा छात्र एकलमा ३८, डबलमा १४ र  छात्र एकलमा ७ तथा डबलमा १७ गरि ७६ खेलाडीले प्रतिस्पर्धा गरेका छन् । प्रतियोगिता अन्तर्गत सोमबार ४१ खेल सम्पन्न भएका छन् । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्न सफल खेलाडीलाई क्रमशः सात, पाँच र तिन हजार सहित मेडल, प्रमाणपत्र प्रदान गरिने छ ।

Post a Comment

 
Top