0
गोल्डेन न्यूज संवाददाता
वर्षको एक पटक आउने माता तीर्थ औँसी अर्थात आमाको मुख हेर्ने दिन बिहीबार देशभर मनाइयो । यस अवसर पारेर विभिन्न कार्यक्रम समेत आयोजना भयो ।  पण्डित, आचार्य र पिता भन्दा पनि ठूली मानीएकी आमा प्रति श्रद्धा भक्ति र आदरपूर्वक आमालाई खुसी पार्ने दिनका रुपमा मनाईने आमा औशीको हिन्दू धर्म अनुसार आप्mनै महत्व रहेको छ । टाढा टाढा रहेका सन्तानहरु आमा औशीको दिनमा आँपूmलाई भेट्न आउलान भन्ने आसामा आमाहरु सन्तानको बाटो कुरिरहन्छन् । त्यस्तै आमालाई भेट्न र आमासंग आप्mना दुख सुख बाँड्न सन्तानहरु सात समुन्द्र पारीबाट समेत घरमा आउने गर्दछन् । आफ्नी आमालाई मनपर्ने मिठा मिठा परिकार खुवाएर तथा आमाबाट आशिर्वाद लिएर सन्तानहरुले यो पर्व मनाउने गर्दछन । मनुष्य जीवनमा देबऋण, मनुष्यऋण र पितृऋण तिर्नै पर्दछ भनेर शास्त्रमा पनि लेखिएको छ । त्यस्तै आमा नहुनेहरुले पवित्र नदी तथा तलाउमा गई आप्mनी दिवंगत आमाप्रति श्रद्धापूर्वक तर्पण दिने गर्दछन् । आँफूले जस्तै दुःख र कष्ट सहन गरेर भएपनि आफ्ना सन्तानहको भलो चाहँदै उनिहरुलाई  सुख कटाउने आमाहरुको चाहना हुन्छ । कठोर पीडा सहन गरेर हामीलाई यस सुन्दर संसारमा जन्म दिएकी महान आमाको बयान शाब्दिक अर्थमा जतिनै गरेपनि पर्याप्त नहुन सक्छ । जन्म दिने आमा जस्तै नेपाल आमालाई पनि हामीले सम्झनै पर्ने हुन्छ । सच्चा सन्तान त्यही हो जसले नेपाल आमा र आफ्नी आमाको भावना बुझेर उनको चित्त दुखाउँदैन र उनलाई सधैँ हसाईराख्दछ । हामी सच्चा सन्तान हौं भने जन्मदिने आमा र नेपाल आँमाको आँखाबाट आँसु खस्न नदिनुहोस् । अनिमात्र आमा औसीको महत्व झल्किनेछ । माता तीर्थ औंशीको अवसर पारेर पोखराको द मिडियाज कलेक्शनमा आमा औँशी विशेष कार्यक्रम गरिएको छ । कार्यक्रममा उद्घोषण, रेडियो प्रस्तोता तथा पत्रकारिता तालिम लिँदै गरेका विद्यार्थीहरुले आमाको महत्वबारे आ आफ्ना धारणाहरु राखेका थिए । संस्थाका अध्यक्ष जीवन सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा प्रज्वल भित्रिकोटी, रोजिना आचार्य क्षेत्री, सोनु प्रजा, सिम्रनलक्ष्मी गुरुङ, अनिल लम्साल, सरिता गुरुङ, अस्मिता श्रेष्ठ, मिनि गुरुङ, संगीता लामिछाने, विनिशा श्रेष्ठ, कविता अधिकारी, आरती क्षेत्री, सुस्मीता गिरी, सपना क्षेत्री, रक्षा गिरी, विपना मल्ल, प्रशिद्धि सुवेदी, सिर्जना ठकुरी, बन्दना दहाल, निशा पराजुली लगायतले आमाको महत्वबारे बोलेका थिए । यसैगरी शिव चौतारी म्याग्दी समाज पोखरा र माइती कुटुम्ब समाज काठमाडौँको संयुक्त आयोजनामा पोखरा बृद्धाश्रममा रहेका भक्तवीर गर्वुजा पुनलाई नगद र पोखरा बृद्धाश्रममा लत्ताकपडा र खाद्यान्न लगायत अन्य सामाग्रीहरु सहयोग गरेको छ । म्याग्दी जिल्ला मडिङ्गे गाविस वडा नं. ५ स्थायी घर भई हाल पोखरा बृद्धाश्रममा  बसोबास गर्दै आउनु भएका भक्तबीर गर्बुजा पुनलाई नगद ६० हजार रुपैयाँ सहित खाद्यान्न सहयोग गरिएको हो । त्यसैगरी मातातीर्थ औंशीको अवसर पारेर पोखरा बृद्धाश्रममा रहेका बृद्ध बुबाआमाहरु लाई आवश्यक पर्ने चामल, लत्ताकपडा, तेल, फलफूल लगायत खाद्यान्न सामाग्री समेत वितरण गरिएको हो । उक्त अवसरमा शिव चौतारी म्याग्दी समाज पोखराका अध्यक्ष तथा राप्रपा नेपालका जिल्ला अध्यक्ष जयलाल पुनले माता तीर्थ औंशीको अवसरमा गरिएको यस प्रकारको सहयोगले बृद्ध आमा बुबाहरुलाई सहयोग गर्न पाएकोले खुसी व्यक्त गर्दै आउँदा दिनमा पनि यस्तै प्रकारको सहयोग गरिरहने बताए । यसैगरी पोखराको रेडियो जननीले शुक्रबार “आमाको महिमा विषयक रचना वाचन तथा चर्चा परिचर्चा कार्यक्रम” आयोजना ग¥यो । कार्यक्रममा विभिन्न साहित्यकार, पत्रकार लगायतका व्यक्तित्वहरुले आमाको महिमाको चर्चा गरेका थिए भने आमाको महिमा सम्बन्धी विभिन्न रचना वाचन पनि गरेका थिए । कार्यक्रममा साहित्यकार दुर्गा बहादुर शाह “बाबा” ले सन्तानको साना साना कुरामा पनि खुशी हुने आमा जिउँदो देउता भएको स्पष्ट पारे । स्याङ्जामा पुगेर आफ्नी आमालाई शब्दद्वारा नै सम्मान व्यक्त गरेको उल्लेख गर्दै उनले माता तीर्थ औँसीका दिनमा मात्रै नभई सधैँ आमा प्रति सम्मान व्यक्त गर्नुपर्नेमा जोड दिए। कार्यक्रममा रेडियोकी स्टेशन म्यानेजर विमला भण्डारीले  आमाको सम्मान र संरक्षण रेडियोको पहिलो ध्येय रहेको भन्दै आफ्नो उद्देश्य अनुरुप रेडियोले वर्षभरि नै आमा केन्द्रित कार्यक्रम गर्दै आएको जानकारी दिइन । नेपाल पत्रकार महासंघकी केन्द«ीय सदस्य सुष्मा पौडेल हरेक सन्तानले आफ्ना आमाको सम्मान संरक्षण गरेर दायित्व पुरा गर्नुपर्नेमा जोड दिइन । दलित एकता सञ्जाल कास्कीका सचिव तथा मानव अधिकारकर्मी कमला गहतराजले आमाको सम्मानका साथ स्याहार गर्नुपर्ने भन्दै सुरक्षा समेत गर्नुपर्ने खाचो औल्याइन । कार्यक्रम माथि प्रकाश पार्दै रेडियो जननीका प्रस्तोता एवम् रचना वाचन कार्यक्रमका संयोजक बिर्सना बस्नेतले, आमा शब्द आफैँमा सुन्दर छ र आमाको महिमा धेरै रहेकाले शब्दमा उल्लेख गर्न नसकिने बताइन । कार्यक्रममा सहित्यकार सुरज उपाध्याय, सहित्यकार मोहन भण्डारी, अम्बिका भण्डारी, लक्ष्मी थापा, लोचना अधिकारी, रीता लामिछाने, बालिका अभिलासी, साधुराम लामिछाने, रामकुमार श्रेष्ठ फच्चे, हरि माया पराजुली, लोक गायिका मधु चापागाइँ लगायतले आमाको महिमा सम्बन्धी आ–आफ्ना रचना वाचन गरेका थिए भने पत्रकार सुरेन्द« पौड्यल, विरेन्द« केसी, इभेन्ट फर यु का एमडी एवम् माउन्ट एभोरा मन्टेश्वरीका प्रिन्सीपल विशाल गुरुङ्ग, सेती गंगा टोल विकास संस्थाका अध्यक्ष भावना श्रेष्ठ लगायतले बोलेका थिए । रेडियोकी निर्देशक हसिना बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक नरमाया रसाइलीले कार्यक्रम सञ्चालन गरेकी थिइन ।यसैगरी पोखरा पुरानो टुँडिखेलमा अवस्थित अञ्जुली बोर्डिङ्ग स्कुलमा  माता तीर्थ औँसी विशेष कार्यव्रmम सम्पन्न भएको छ । शैक्षिक सत्र–२०७३ सालको पहिलो कार्यव्रmम स्वरूप सो कार्यव्रmम सम्पन्न भएको हो । यस कार्यव्रmम अन्तर्गत माध्यमिक तहतर्फ आमालाई चिठी लेखन प्रतियोगिता सम्पन्न भएको थियो । सो प्रतियोगितामा कक्षा ९ की समीक्षा पौडेल प्रथम स्थान प्राप्त गर्न सफल भइन् । त्यसैगरी कक्षा ७ की अस्मिता भण्डारी, कक्षा १० का रूपेश छन्त्याल र कक्षा ९ की पूर्णिमा अधिकारी व्रmमशः द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्न सफल भएको विद्यालयका प्रशासक युवराज सापकोटाले जानकारी दिए । त्यसैगरी प्राथमिक तहतर्फ सञ्चालित कविता लेखन प्रतियोगितामा कक्षा ४ की सन्तोषी ढकाल प्रथम, कक्षा ३ का प्रेजन अधिकारी द्वितीय, कक्षा ४ का अभय अधिकारी तृतीय र कक्षा ४ कै रोहित बाँस्तोला सान्त्वना स्थानमा आउन सफल भएका थिए । सोही अवसरमा विजयी विद्यार्थीहरूलाई पुरस्कार समेत वितरण गरिएको निर्णायक संयोजक प्रेम नारायण ढकालले बताए । यसैगरी सामाजिक जागरणका लागि नारी अभियानको आयोजनामा आतातिर्थ औंसीका अवसरमा वृद्धाआश्रममा सत्संघ, आध्यात्मिक परिचर्चा तथा सहयोग हस्तान्तरण कार्यक्रम आयोजना गरिएको छ । पोखरा वृद्धाआश्रममा आयोजना गरिएको कार्यक्रममा आध्यात्मिक तथा मानसिक परामर्श अभियानको टोलीले आध्यात्मिक परिचर्चा, सामाजिक जागरणका लागि नारी अभियानको टोलीले सत्संघ तथा प्रसादको व्यवस्था तथा मानव मिलन नारी जागरणको टोलीले उपहारको व्यवस्था गरेको कार्यक्रम संयोजक सरस्वती अधिकारीले जानकारी दिइन् । कार्यक्रममा सहयोग गर्ने सवैलाई धन्यवाद ज्ञापन गर्दै सामाजिक जागरणका लागि नारी अभियानका संयोजक सुष्मा पौडेलले समाजिक सचेतना, जेष्ठ नागरीकको सम्मान, संस्कारको संरक्षण तथा वावा आमालाई वृद्धाआश्रम होइन घरममै राख्नुपर्छ भन्ने जागरणकाका साथै आध्यात्मिक जागरण गराउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको बताइन् । कार्यक्रममा आध्यात्मिक तथा मानसिक परामर्श अभियानका संयोजक तथा सह–क्षेत्रीय प्रशासक दिवाकर बाँस्तोलाले आत्मजागरण र सुख शान्ति तथा जीवनमा खुसी ल्याउन आध्यात्मिक बाटो हिंडनुपर्नेमा जोड दिए । त्यस्तै अभियानका सदस्यहरु केदारेश्वर महादेवमणि सेवाश्रम समिति पिठाधीस डा लेखनाथ आचार्य, राधेराधेका गोपाल थापा, आनन्द मार्गी तथा अधीकारकर्मी माधव पहारी, पतंजली योग केन्द्रका प्रशिक्षक दिपक शर्मा लगायतले योग ध्यान र सत्सघको महत्व तथा अध्यात्मिको बारेमा चर्चा गर्दै मातातिर्थ औंसी को महत्वका वारेमा समेत वोलेका थिए । त्यस्तै गरि सामाजिक जागरणका लागि नारी अभियानको वात्सायन वृद्धाआश्रममा फलफूल लगायतका सामाग्री हस्तान्तरण गरेको थियो भने परोपकार आश्रमका वटुकलाई समेत सहयोग गरेको थियो ।









Post a Comment

 
Top