0
गोल्डेन न्यूज संवाददाता
भारतको प्रसिद्ध मोटर कम्पनी फोर्स मोटर्सका नयाँ उत्पादन पोखराको बजारमा भित्रिएको छ । फोर्सको गोर्खा जीप, क्रुजर डिलक्स र ट्राभलर बसको शुक्रबारबाट पोखरामा विक्री शुभारम्भ गरिएको हो । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दु कुमार थापाले एक समारोह बीच उक्त नयाँ उत्पादनको औपचारीक समुद्घाटन गरे । बुद्धचोक स्थित आयाम इन्टरकन्टिनेन्टल पोखरा शाखाबाट फोर्स मोटर्सका नयाँ उत्पादन विशेष छुट सहित गण्डकी धौलागिरी क्षेत्रमा विक्री शुभारम्भ गरिएको आयाम इन्टरकन्टिनेन्टल प्रा.लि. का अध्यक्ष ध्रुव बहादुर थापाले बताए । यस अघि फोर्स मोटर्सको १४ सिट भएको ट्रयाक्स क्रुजर जीप, १० सिट क्षमता भएको ट्रयाक्स गामा जीप, कार्गो किङ्ग (सिंगल क्याब पिकअप) र बलवान ट्रयाक्टरहरु बिक्री गरिरहेको र आजबाट शुभारम्भ गरिएका ट्राभलर बस (१५ देखी ३८ सिट क्षमताका) गोर्खा जीप, क्रुजर डिलक्स आधुनिक सुविधा सम्पन्न भएको र नेपालको सडकका लागि यी गाडीहरु अति उपयुक्त रहेको अध्यक्ष धु्रब थापाले बताए । कार्यक्रममा आयाम इन्टरकन्टिनेन्टल प्रा.लि.का अध्यक्ष धु्रब बहादुर थापा, कम्पनीका पोखरा शाखाका प्रबन्धक निरन के.सी. लगायतले फोर्स मोटर्सका नयाँ उत्पादनका बारेमा विस्तृत जानकारी गराएका थिए ।
फोर्स मोटर्सको जिप र पिकअप सेगमेन्ट तर्फको आयातकर्ताका आयाम इन्टरकन्टिनेण्टल प्रा.लि हो भने भर्खरै बजारमा आएको ट्राभलर बस सेगमेन्टको नेपालको आयातकर्ता प्राईम अटो टेक हो । गण्डकी धौलागिरीको आधिकारीक विक्रेता भने आयाम इन्टरकन्टिनेन्टल प्रा.लि. नै रहेको अध्यक्ष धु्रब थापाले बताए ।










Post a Comment

 
Top