0
गोल्डेन न्यूज संवाददाता
कास्कीमा क्रियाशील विभिन्न बौद्ध संघ संस्था तथा जातीय संस्थाहरुद्वारा गठित बुद्ध जयन्ती समारोह समिति कास्कीले शनिबार पोखरामा बुद्ध जयन्ती मनाएको छ । २५६०औं बुद्ध जयन्ती सप्ताहव्यापी कार्यक्रम गरि मनाउने शुरु गरेको समितिले शान्ति पदयात्रा र धर्म सभा गरी बुद्ध जयन्ती सम्पन्न गरेको हो । बुद्ध जयन्तीको अवसरमा नदीपुरस्थित धर्मशिला बुद्ध विहारबाट शुरु भएको शान्ति पदयात्रा ज्ञानमार्ग पालिखेचोक, तेर्सापट्टि, नालाको मुख, भैरबटोल, मोहोरियाटोल, बागबजार, हरिचोक, सिमपानीचोक, बगर ट्याक्सीचोक, क्याम्पस गेट हुँदै नदीपुरस्थित शाक्य समाज भवनमा धर्मसभामा परिणत भएको थियो । यात्रामा बुद्ध धार्मिक र विभिन्न जातीय तथा नागरिक समाजको बृहत् सहभागिता रहेको थियो । धर्म सभाको उद्घाटन गर्दै प्रमुख अतिथि मिक्षु सागर धम्मले बुद्धले पाँचवटा नकरात्मक तत्वलाई विजय गरेको दिनलाई बुद्ध जयन्तीको रुपमा मनाउँदै आएको ऐतिहासिकता बारे चर्चा गरे । उनले बुद्धको ज्ञानलाई आत्मसात गर्दै प्रकृतिले सुन्दरता प्रदान गरेको पोखरामा आध्यात्मसँग जोड्न सके पोखरा समृद्ध हुने बताए । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने भएकाले प्राकृतिक सौन्दर्यमा आध्यात्मिकता को सहभागिता गराउन पोखरेलीले विशेष ध्यान दिनुपर्ने सुझाव दिए । उनले बुद्ध दर्शन शिक्षा नैतिकवान ज्ञान भएकाले बालबालिकालाई बुद्ध शिक्षा अध्यापन गराउनुपर्नेमा जोड दिए । बौद्ध अर्घौं सदनका प्रमुख लामा आचार्य थुप्तेन ऐसे सिरलामा गुरुङले बुद्धजयन्तीको नेपालमै जन्मनुभएको बुद्धको नेपालमा उचित सम्मान हुन नसकेको गुनासो गरे । उनले नेपालको संविधान मै बुद्ध जन्मेको देश भनेर उल्लेख गरिनुपर्नेमा जोड दिंदै नेपालमा बौद्ध विश्वविद्यालय आवाश्यक रहेको बताए । मान्छे शिक्षित हुनु भेको नकरात्मक सोंच र व्यवहार सकारात्मकका रुपान्तरण हुनु हो भन्दै बुद्ध दर्शनले असल जीवन पद्धति सिकाउने उनको भनाई थियो । सह–क्षेत्रीय प्रसासक दिवाकर बाँस्तोलाले बुद्ध धर्म सनातनदेखि नै चलिआएको भन्दै बुद्धलाई लाईट अफ वल्र्ड भन्नुपर्नेमा लाइट अफ एशिया भनेर साँघु¥याएकोमा आफ्नो चित्त दुखेको बताए। उनले बुद्धले अनन्तकाल सम्म अस्तित्वमा रहने दर्शन, नीति प्रदान गरेरे सभ्य समाज निर्माणतर्फ लक्षित गरिएकाले पञ्चशील सबैले व्यवहारमा उतार्नुपर्ने बताए । सनातन धर्म सेवा समितिका अध्यक्ष रविन्द माकाजुले बुद्ध शिक्षा मानवका लागि प्रत्येक पल महत्वपूर्ण रहेकाले सबैले अनुशरण गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा बुद्ध धर्म प्रचार–प्रसार, जागरण र बुद्ध शिक्षाका लागि विशेष योदान दिएको भन्दै बौद्ध अर्घौं सदनका पूर्व अध्यक्ष शंकर गुरुङलाई सम्मानपत्रसहित प्रमुख अतिथि सागर धम्म, विशेष अतिथि सह–क्षेत्रीय प्रसासक दिवाकर बाँस्तोला, बुद्ध जयन्ती समारोह समितिका अध्यक्ष नरेन्द्रमान लालचनले सम्मान गरेका थिए । सम्मानित गुरुङले बुद्ध जयन्ती समारोह समितिले आफ्नो योगदानको मूल्यांकन गर्दै सम्मान गरेकोमा थप जिम्मेवारी महसुस गरेको बताए। कार्यक्रममा बुद्ध जयन्ती स्मारिका प्रमुख अतिथि सागर धम्म र सभाध्यक्ष नरेन्द्रमान लालचनले विमोचन गरेका थिए । समितिका अध्यक्ष नरेन्द्रमान लालचनको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सागर धम्मले बुद्ध धर्मको थेरवादी प्रचलन अनुसार पञ्चशील र महयानी अनुसार लामा आचार्य थुप्तेन येसेले मंगल पाठ गरे। कार्यक्रममा समितिका उपाध्यक्ष नासु गंगा बहादुर गुरुङले स्वागत, सचिव गोविन्द ताम्राकार र सह–सचिव कृष्ण तामांगले कार्यक्रम सञ्चालन गरेका थिए ।










Post a Comment

 
Top