0
पार्टीको १२ औं अधिवेशनबाट सुशील कोइराला सभापति निर्वाचित भएपछि तत्कालिन पार्टी नेता शेरबहादुर देउवा र उनको पक्षले विधान अनुसार पार्टी सञ्चालना नगरेको आरोपमा कोइरालाको आलोचना गरेका थिए। गत फागुनमा सम्पन्न पार्टीको १३ औ अधिवेशनमा देउवाले कार्यकर्ता समक्ष सभापति पदका लागि मत माग्दा पार्टीलाई विधान अनुसार सञ्चालन गर्ने प्रतिवबद्धता समेत व्यक्त गरेका थिए। तर सभापतिमा निर्वाचित भएपछि देउवाले आफ्नो प्रतिबद्धता अनुरूप पदाधिकारी नियुक्त गरी केन्द्रीय समिति र विभाग गठन कार्यलाई पूर्णता दिएका छैनन्। कांग्रेसको विधानको दफा ४९ को उपदफा १९ अनुसार, सबै तहमा गठन गर्ने भनिएका विभाग र समिति र विभिन्न निकायहरु अधिवेशन सम्पन्न भएको दुई महिनाभित्र गरिसक्नु पर्ने प्रावधान छ। जस अनुसार, चैत ३ गते कार्यभार सम्हालेका देउवाले पार्टी उप–सभापति, महामन्त्री, सह–महामन्त्री सहित १४ जना केन्द्रीय सदस्य तथा आधा दर्जन समिति र २९ वटा विभिन्न विभागहरु जेठ ३ गतेभित्र गठन गरी केन्द्रीय समितिबाट अनुमोदन गरिसक्नुपर्ने थियो। तर सभापतिमा निर्वाचन भए लगत्तै कहिले संसदीय दलको नेता तथा संसदीय कार्यसमितिको चयन, कहिले श्रीमती र आफ्नो उपचारका लागि भारत यात्रा त कहिले सत्ता परिवर्तनको असफल खेलमा अल्झिँदा पार्टीभित्र गर्नुपर्ने मनोनयन अहिलेसम्म हुन सकेको छैन। हिँजो सुशील’ दालाई जुन कुरामा आलोचना गरेका थियौं त्यही आलोचना अहिले सभापति देउवाले खेप्नु हुँदैन भन्ने कुरामा हामीले सभापतिलाई सचेत गराउँदै आएका थियौं,’ देउवा निकट एक केन्द्रीय सदस्यले भने,–‘त्यसका बाबजुद सभापतिले गर्नुपर्ने कतिपय मनोनयन विविध कारणले समयमै हुन सकेको छैन। उनले यसबाट सभापति र पार्टी कसैको हित नगर्ने बताए। सभापतिले पार्टी संगठनमा गर्नुपर्ने मनोनयन विधान अनुसार गरिसक्नुपर्ने विधानको व्यवस्था रहेको कांग्रेस केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाले बताए। ‘तर अधिवेशन लगत्तै हामी सबै संसदीय दलको नेता र कार्यसमिति चयन प्रक्रियादेखि सभापति देउवा पनि पारिवारिक स्वास्थ्य उपचारमा व्यस्त रहनु प¥यो,’–उनले भने। संसदको अधिवेशन सुरू भएपछि प्रि–बजेट छलफलदेखि सरकारको नीति तथा कार्यक्रम लगायतका काममा व्यस्त रहनुपर्दा पार्टीमा मनोनयन प्रक्रिया ढिलाइ भएको उनले बताए। विधान अनुसार गर्नुपर्ने निर्णयहरु तोकिएको सयमभित्र नभएको स्वीकार्दै ढुंगानाले भने,–‘यही कुरामा नेतृत्वको आलोचना गर्ने समय अलिहे नै भइसकेको छैन। सभापतिलाई जतिसक्दो चाँडो विधान अनुसार गर्नुपर्ने सुझाव दिएको बताउँदै ढुंगानाले भने,–‘सभापतिजीले पनि पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनदेखि विभाग गठनबारे रायसल्लाह लिइरहनु भएको छ।’ अर्का केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले पनि ढुंगानाकै शैलीमा विधान बमोजिम गर्नुपर्ने केही काम समयसिमाभित्रै हुन नसकेपनि अहिले सभापति देउवाले विभाग गठनका लागि सबै नेताहरुसँग परामर्श लिइरहेको बताए।











Post a Comment

 
Top