0
आगलागीका कारण स्याङ्जाको मनकामना गाविस स्थित लामडाँडा गाउँमा आगलागीबाट पूर्णरुपमा क्षति पुगेका २० घरधुरीका प्रत्येक परिवारलाई राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान अञ्चल कार्यसमिति गण्डकीको नेतृत्वमा गएको टोलिले ५÷५ हजारका दरले १ लाख रुपैया हस्तान्तरण गरेको छ । कार्यक्रममा पोखराका विभिन्न व्यक्ति र संस्थाबाट संकलन गरिएको रकम प्रमुख अतिथि दोहोरी सम्राट प्रजापति पराजुलीले पीडितहरुलाई हस्तान्तरण गरे । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पराजुलीले लोक दोहोरी कलाकारहरुले समाजको सुख दुःखमा सहयोग गर्ने भन्दै कलाकारहरुले गीत गाएर मनोरञ्जन मात्र दिदैनन् परेको बेला सहयोग गर्न पनि पछि नपर्ने स्पष्ट पारे । उनले लामडाँडा अहिले आगलागीका कारण अस्तव्यस्त रहेपनि आगामी दिनमा पुनःनिर्माण गर्न र गाउँको विकासको लागि जस्तो सहयो गर्न पनि तयार रहेको बताए।मनकामना गाविसका सचिव डिल्लिराम चापागाईले गाउँमा परेको विपत्तिमा कलाकारले गरेको सहयोगको प्रशंसा गरे। एक ठाउँका नेपालीलाई दुःख पर्दा अर्को ठाउँका नेपालीले सहयोग गर्ने हाम्रो संस्कृति नै भएको बताए ।कार्यक्रममा प्रतिष्ठान केन्द्रका सदस्य तथा प्रतिष्ठान गण्डकीका निबर्तमान अध्यक्ष चोलेन्द्र पौडेल, प्रतिष्ठान केन्द्रका निवर्तमान सदस्य श्रीराम अधिकारि, सचिब सुरेन्द्र गुरुङ, सदस्यहरु अमर धिताल, मन्जु बि.क., प्रतिष्ठान स्याङ्जाका अध्यक्ष अर्जुन गैह्रे, प्रतिष्ठान कास्कीका सदस्य सुनिल परियार, पदमराज उदासी, पोखरा लोक संगीत समूहका उपाध्यक्ष जय कुमार परियार लगायत पोखरा लोक संगीत समूहका बिक्रम गुरुङ, दिलिप गुरुङ, बरिष्ठ प्राबिधिक तथा कलाकार इश्वर खड्का, फेवा टेलिभिजनका स्टेशन म्यानेजर हेमराज अधिकारी, पत्रकार प्रल्हाद चन्द्र घिमिरे लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान जिल्ला कार्यसमिति कास्की र पोखरा संगित समुहले पनि सहयोग गरेको थियो । कार्यक्रम दोहोरी गीत प्रतिष्ठान गण्डकीका उपाध्यक्ष शंकर विरही गुरुङको संयोजकत्वमा भएको थियो । संयोजक गुरुङले अहिलेको सहयोग पहिलो चरणको सहयोग मात्र भएको बताए। आपूmहरु निरन्तर सहयोगीहरू माझ पुग्ने र लामडाँडाका अग्नि पीडितहरुलाई आगामी दिनमा पनि सहयोग गर्ने बताए । राष्ट्रिय लोक दोहोरी गित प्रतिष्ठान गण्डकीका अध्यक्ष जिवन दाहालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन संस्थाका महासचिव घनश्याम लामिछानेले संचालन गरेका थिए । कार्यक्रममा स्थानीय सहयोग समितिका सचिव धन बहादुर थापा, नेकपा एमालेका सूर्य कुँवर र नविन आले, नेपाली काङ्ग्रेसका ध्रुव खाँण लगायतले समन्वयकारी भूमिका निर्वाह गरेका थिए ।

Post a Comment

 
Top